आइतवार, चैत्र १६, २०७६ Sunday 29th of March 2020

अस्पताल सुधारका लागि सर्वपक्षिय सहमत

१२० पटक हेरिएको

उपहार न्यूज
उदयपुर मंसीर २६
जिल्ला अस्पताल उदयपुरको बिग्रदो अबस्थालाई सुधार गर्न सुरु भएको नागरिक अभियानले आयोजना गरेको कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले सुधारको लागि सर्वपक्षिय सहमती जनाएका छन् । जिल्ला अस्पतालको विग्रदो अबस्था देखिए पछि स्थानिय युवा अभियान्ताहरुको सक्रियतामा एक साता अघि अस्पताल अनुगमन गरिएको थियो । अस्पतालको अनुगमन पश्चात आयोजित वृहत नागरिक भेलाबाट किरन राईअको संयोजकत्वमा नागरिक अभियान समिति गठन भएको थियो ।
समितिले बिहिबार विहान जिल्ला अस्पताल उदयपुर परिसरमा सरसफाई गरेको छ, जिल्ला अस्पतालको विग्रदो अबस्थालाई सुधारमा ल्याउनका लागि अस्पताल भित्रको समस्या र समाधान सहितको ध्यानकर्षण प्रस्तुत गरेको थियो । नागरिक सामाजिक अभियानले अस्पतालको समस्या तथा समाधान सहितको १४ बुदे ध्यानकर्षण प्रस्तुत गरे संगै जिल्ला स्थित संघिय, प्रदेश र स्थानिय तहका जनप्रतिनिधि समक्ष ध्यानकर्षण गरिएको अभियानका सदस्य सचिव सृजना दनुवारले जानकारी दिनु भयो ।
अस्पताल सुधारको लागि विहिबार विहान जिल्ला अस्पताल उदयपुरमा वृहत सरसफाई गरिएको छ, सरसफाई कार्यक्रमको क्रममा प्रतिनिधि सभा सदस्य सुरेशकुमार राई, प्रदेश सभा सदस्यहरु हिमाल कार्की, विमल कार्की, नारायण बुर्जामगर, अम्बिका थापा, संजा दनुवार, लिम्चुङगाउँपालिका प्रमुख मेजरकुमार राई, प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्का, प्रहरी उपरिक्षक बीर बहादुर मगर लगायत विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, पत्रकार, सामाजिक अभियान्ता, युवा तथा विद्यार्थीहरुको बाक्लो उपस्तिथी रहेको थियो ।
अस्पताल सुधारको लागि नागरिक अभियानले अस्पताल हाता भित्र तथा बाहिर पूर्ण सरसफाई गर्नु पर्ने, अस्पतालका शैया राखिएको क्षेत्रमा सफा गर्नु पर्ने, दरबन्दि अनुसारको स्वास्थ्यकर्मीको यथासक्य व्यवस्थापन गर्नु पर्ने, सरकारबाट प्राप्त हुने निःशुल्क औषधिको वितरण पादर्षि बनाउनु पर्ने, अस्पतालमा सरकारबाट प्राप्त हुने आम्दानीहरु पार्दर्षि ढंगले संचालन गर्नु पर्ने मेडिकल कलेज त्रियुगा नगरपालिका क्षेत्रमा संचालन गर्नु पर्ने लगायतका बुदा रहेको अभियानका संयोजक किरण राईले जानकारी दिनु भयो ।
उदयपुर मात्रै नभएर छिमेकी जिल्ला खोटाङका समेत सेवाग्राहिलाई सेवा दिने जिल्ला अस्पताल सुधार नभए पछि अस्पतालको जिम्मेबारी लिएर बसेको क्षेत्रलाई दबाद दिने उद्देश्यका साथ राजनिति भन्दा माथि उठेर नागरिक स्तरबाट कार्यक्रम आयोजना भएको नेपाली कांग्रेस त्रियुगा नगर सभापती सरोजकुमार बस्नेतले बताउनु भयो ।
५९ जना कर्मचारी दरबन्दि रहेको जिल्ला अस्पताल उदयपुरमा हाल ३२ रिक्त रहेका छन्, जस मध्ये मेडिकल सुपरिटेनडेन्टमा १ मा १ खाली, सन्सलटेन्ट डाक्टर ९ रहनु पर्नेमा ८ खाली हाल ४ जना करारमा रहेको, स्टाफ नर्स ८ मा ६ खाली रहेका छन् ।
नागरिक समाजको यो किसिमको पहल कदमीलाई जनप्रतिनिधिहरुले सकरात्मक रुपमा लिनु पर्ने र आफुहरुले जनताको मत पाउदै गर्दा स्वास्थ्य, शिक्षा रोजगारी लगायतको बिषयलाई घोषणा पत्रको रुपमा लिएकोले जनताको मौलिक अधिकारको रुपमा रहेको स्वास्थय क्षेत्रको सुधारको लागि आफ्नो पूर्ण पहल कदमी रहने प्रतिनिधि सभा सदस्य सुरेशकुमार राईले बताउनु भयो ।
अस्पतालको सुधारका लागि विहिबारनै आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले अस्पताल सुधारको लागि जनप्रतिनिधिहरुले विशेष पहल कदमी गर्नु पर्ने बताएका थिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुरेशकुमार राई, प्रमिला राई, प्रदेश सभा सदस्य विमल कार्की, अम्बिका थापा, संविधान सभा सदस्यहरु रामबहादुर थापामगर, मणि खम्बुले अस्पताल सुधारको लागि आफुहरुको तहबाट पहलकदमी गर्नेमा प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले स्थानिय सरकारले पनि महत्वका साथ नागरिक स्तरबाट उठेको अभियानलाई सकरात्मक ढंगले संबोधन गर्नु पर्ने बताउनु भयो । नागरिक समाज अभियानले अस्पताल सुधारको लागि प्रदेश सरकार तथा संघिय सरकार समक्ष ध्यानकर्षण गराउनका लागि डेलिकेशन समेत जाने निर्णय गरेको छ । त्रियुगा एक्सप्रेस दैनिकबाट

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology