आइतवार, चैत्र १६, २०७६ Sunday 29th of March 2020

न्यानो कपडा पाए पछि विद्यार्थी दंग

३३६ पटक हेरिएको

उपहार न्यूज
उदयपुर मंसीर १९
त्रियुगा नगरपालिका वडा नम्बर ५ स्थित जनता मावि दमौती र पंचकन्या प्रा.विका ३९० जना बालबालिकाहरुको लागि बिहिबार न्यानो कपडा वितरण गरिएको छ । ग्लोब आईएमी बैंकको प्रायोजन तथा पूर्व शहरी विकास मन्त्री तथा प्रतिनिधि सभा सदस्य डा. नारायण खड्काको पहल समन्वयमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । जाडोमा न्यानो कपडा पाए पछि स्थानिय विद्यार्थीहरु भने दंग परेका छन् ।
ग्लोबल आईएमी बैंकको संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने कार्यक्रम अन्तर्गत बालबालिकाहरुका लागि पूर्व शहरी विकास मन्त्री तथा प्रतिनिधि सभा सदस्य खड्काको पहल र समन्वयमा कपडा वितरण गरिएको हो । न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै डा. खड्काले भविष्यका कर्णधार बालबालिकाहरु भएकाले उनीहरुलाई शिक्षा लिनका लागि उत्प्रेरित गर्नका लागि अभिभावकलाई आग्रह गर्नु भयो ।
भविष्यमा राष्ट्रका लागि दक्ष जनशक्ति भए आफ्नो गाउँ र समाजको विकासमा पु¥याउने भएकाले बालबालिकाहरुलाई अहिल्यै देखि शिक्षा लिनको लागि प्रोत्साहन गर्नु पर्ने बताउनु भयो । उहाँले त्रियुगा नगरपालिकाको विकट क्षेत्रको रुपमा रहेको दमौती क्षेत्रको विकासको लागि आफु सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो । कार्यक्रममा ग्लोबल आईएमी बैंकका गाईघाट शाखा प्रबन्धक रविनराज दाहालले बैंकहरु नाफा कमाउनका लागि मात्रै नभएर यसरी सामाजिक उत्तरदायीत्व वहन गर्नका लागि पनि तयार रहेको बताउनु भयो । उहाँले पिछडिएको क्षेत्रका बालबालिकाहरुलाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्न भयो ।

कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष उद्धब थापा, वडा सदस्य कुवेर मगर, जनता माध्यमीक विद्यालय दमौतीका अध्यक्ष जंगशेर राई, प्रध्यानध्यापक ढक बहादुर थापाले स्थानिय समस्याहरुको बारेमा जानकारी गराएका थिए । उनीहरुले दमौती क्षेत्र अझै पनि न्यूनतम आवश्यक्ताहरुबाट बञ्चित हुनु परेकाले स्थानिय विकासको लागि अझ सहयोग गर्नका लागि आग्रह समेत गरेका थिए । सिमित साधन र स्रोतका विच विद्यालय संचालन भैरहेकाले विद्यालयको विकासको लागि समेत सहयोग गर्नका लागि आग्रह गरेका थिए ।
न्यानो कपडा पाए पछि विद्यार्थीहरु समेत खुसी भएका थिए, विगतमा कसैले पनि आफुहरुलाई यस किसिमको सहयोग नगरेको र कपडा पाए पछि खुसी भएको विद्यार्थी निरज राईले वताए । विद्यालयमा निम्न मध्यम वर्गका विद्यार्थीहरु पढ्ने भएकाले आफुहरुको लागि यो सहयोग ठूलो भएको उनले बताए ।
जाडो याममा विद्यार्थीहरु न्यानो कपडाको अभावमा विद्यालय नआउने संख्या बढ्ने दर यस किसिमको कार्यक्रमबाट घट्ने विद्यालयका प्रध्यानध्यापक ढक बहादुर थापाले जानकारी दिनु भयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रमिला राई, प्रदेश सभा सदस्य हिमाल कार्की, त्रियुगया नगरपालिका उप प्रमुख देवीकुमारी चौधरी, वडा नम्बर १० का वडाध्यक्ष प्रकास कुमार खड्का, वडा नम्बर १ का वडाध्यक्ष मनोजकुमार चौधरी लगायत जनप्रतिनिधि, पत्रकार, स्थानिय नागरिकहरुको उपस्तिथी रहेको थियो ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology