आइतवार, चैत्र १६, २०७६ Sunday 29th of March 2020

समयमा अधिवेशन नभए व्यवसायी चुप लागेर नबस्ने ः पूर्व प्रथम उपाध्यक्ष राई

२३५ पटक हेरिएको

उपहार न्यूज
उदयपुर मंसीर १९
त्रियुगा उद्योग वाणिज्य संघका पूर्व प्रथम उपाध्यक्ष भरत सिंह राईले थप गरिएको समयमा साधरण सभा सहितको अधिवेशन नगरे व्यवसायीहरु चुप लागेर नबस्ने बताउनु भएको छ । उहाँले गत असारमा तीन बर्षे कार्यकाल सकिदै गर्दा थप गरिएको ६ महिनाको म्यादन सकिन केहि दिन मात्र बाकी रहदाँ अधिवेशन तथा साधरण सभाको कुनै छाटकाट नदेखिएकाले अधिवेशन गर्नका लागि समितिलाई दबाब दिनु भएको हो । उपहार एफ.एम ९५.४ मेघाहर्जबाट प्रशारण हुने कार्यक्रम समय सन्दर्भ संग कुरा गर्दै उहाँले वर्तमान नेतृत्व पद प्रति लिप्त भएर आफ्नो म्याद बढाउन तर्फ लागेको हल्ला सुनेकाले तोकिएको समयमा अधिवेशन जसरी पनि गर्नु पर्ने बताउनु भयो ।
त्रियुगा उद्योग वाणिज्य संघको तीन बर्षे कार्यकाल गत असारमा सकिएको थियो, समितिको सहमतीमा ६ महिनाको लागि भन्दै मंसीर २८ र २९ गते साधरण सभा सहितको अधिवेशन गर्ने तोकिएको मिति सकिन अब ९ दिन मात्र बाकी रहेको छ ।
राईले १२ जना समिति भित्र बहुमत सहितको निर्णय गरेर अधिवेशनको मिति सारेको भन्ने हल्ला बजारमा आएकोले त्रियुगा उद्योग वाणिज्य संघ १२ जनाको मात्र नभएको बताउनु भयो । उहाँले अघिल्लो समयको कार्यकाललाई स्मरण गर्दै भन्नु भयो त्यस समयमा पनि अध्यक्ष गजेन्द्र कुमार भगतले समितिको म्याद थप गर्नका लागि आफुलाई भने पनि त्यस प्रति सहमती नदिएको बताउनु भयो ।
समितिको म्याद थप्नको लागि आफु सहमत नभए पछि अध्यक्ष र म विचमा असहमती चुलिदै गएको थियो, अहिले पनि त्यहि भैरहेको छ भन्ने सुनेको छु राईले भन्नु भयो ।
उद्योग वाणिज्य संघको संस्थापक सदस्य भएकाले संघको आफ्नै निति र विधान छ निति र विधान भन्दा व्यक्ति माथि हुन सक्दैन राई भन्नु हुन्छ । त्रियुगा उद्योग वाणिज्य संघ व्यवसायीहरुको छाता संस्था भएकाले वर्तमान समितिलाई व्यवसायीहरुले दिएको कार्यअवधिको म्यानडेट सकिएकाले अब विधि र विद्यान अनुसार अधिवेशन गर्नु पर्ने बताउनु भयो । समितिको निर्णय भन्दैमा व्यवसायीहरुलाई भ्रममा पारेर समितिको मिति लम्वयाउनु व्यवसायीहरु माथि अन्याय हो यसको बिरुद्ध आफुहरु उत्रर्ने उहाँले बताउनु भयो ।
उद्योग वाणिज्य संघको तीन बर्षे कार्यकाल सकिएर थप गरिएको ६ महिनाको अवधि सहिन ९ दिन मात्र बाकी रहदाँ साधरण सभा र अधिवेशन हुने कुनै छाटकाट छैन । यता व्यसायीहरु भने साधरण सभा र अधिवेशन तोकिएकै मितिमा हुनु पर्ने माग राख्दै आएका छन्, कतिपय व्यवसायीहरुले सामाजिक संजाल मार्फत आफ्ना असन्तुष्टिका अभिव्यक्तिहरु समेत राख्दै आएका छन् ।
(त्रियुगा उद्योग वाणिज्य संघका संस्थापक सदस्य तथा पूर्व प्रथम उपाध्यक्ष भरतसिंह राई संग गरिएको कुराकानीको पूर्ण अंश उपाहार एफ.एम ९५.४ मेघाहर्ज र www.upaharnews.com मा मंसीर २० गते विहान ७ः३० र पुन प्रशारण साझ ५ः३० मा सुन्न सक्नु हुने छ)

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology