
उपहार न्यूज
उदयपुर मंसीर १६
त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको निधन भए पछि वडा कार्यालयले शोक प्रस्ताव पारित गर्दै २०७६ मंसीर १६ गते एक दिन वडा शोक विदाको घोषणा गरेको छ । त्रियुगा नगरपालिका वडा नम्बर १० मातहतका कार्यालय, निजि तथा सामुदायीक विद्यालयहरु एक दिन विदा दिने निर्णय गरिएको वडा नम्बर १० का वडाध्यक्ष प्रकास कुमार खड्काले जानकारी दिनु भयो । दुर्घटना परी त्रियुगा नगरपालिका वडा नम्बर १० का ८६ बर्षिय बृद्धा शिवमाया राई, उनका छोरा ५२ बर्षिय तुल बहादुर राई, नातीहरु ३४ बर्षिय दुर्गाधन राई, ३२ बर्षिय टेकेन्द्र राई, ज्वाई उद्धब राई, भतिज दिनेश राई र एम्बुलेन्स चालक त्रियुगा नगरपालिका ९ का राजेश दनुवारको घटना स्थलमानै मृत्यु भएको हो । विराटनगरबाट फर्कदै गरेका को १ च ९३६४ नम्बर एम्बुलेन्स र वीरगंजबाट आउदै गरेको ना २ ख ९२८२ नम्बरको ट्रक राती १२ बजेर २० मिनेटमा दुर्घटना भएको थियो ।
त्यसैगरी सिटि सवारी यातायात उदयपुर प्रा.लि, सिटि स्टार यायायात प्रा.लि र त्रियुगा सिटि यातायात प्रा.लिले पनि सोमबार शोक मनाउने भएको छ । आफ्ना सहकर्मी दिनेश राई सहित सुनसरी दुर्घटनामा मुत्यु भएकाहरुको शोकमा तीन पांग्रे सवारी चालकहरुले विहान ८ देखि १० बजे सम्म दुई घण्टा सवारी संचालन नगरी शोक मनाउने सिटि सवारी यातायात प्रा.लि उदयपुरका अध्यक्ष जयप्रसाद आचार्यले जानकारी दिनु भयो ।