बुधबार, मंसिर २५, २०७६ Wednesday 11th of December 2019

एम्बुलेन्स दुर्घटना, चालक सहित त्रिनपा १० का ६ जनाको मृत्यु

२०२ पटक हेरिएको

उपहार न्यूज
उदयपुर मंसीर १५
सुनसरीको कोशीगाउँपालिका ७ हरीपुरमा एम्बुलेन्स र ट्रक आपसमा ठोकिदा एम्बुलेन्स चालक सहित एकै परिवारका ६ जनाको मृत्यु भएको छ । विराटनगरबाट आउदै गरेको एम्बेलेन्स कोशी गाउँपालिका ७ हरीपुरमा दुर्घटना भएको हो ।
दुर्घटना परी त्रियुगा नगरपालिका वडा नम्बर १० का शिवमाया राई, उनका छोराहरु दुर्गाधन राई, टेकेन्द्र राई संगै उनीहरु संग आउदै गरेका आफन्तहरु तुला बहादुर राई, दिनेश राई र मुकेश राईको मृत्यु भएको प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालय प्रमुख भिम दाहालले जानकारी दिनु भयो ।
दुर्घटना परी एम्बुलेन्स चालक त्रियुगा नगरपालिका वडा नम्बर ९ का राजेश दनुवारको पनि घटनास्थलमानै मृत्यु भएको हो ।
विराटनगरबाट फर्कदै गरेका को १ च ९३६४ नम्बर एम्बुलेन्स र वीरगंजबाट आउदै गरेको ना २ ख ९२८२ नम्बरको ट्रक राती १२ बजेर २० मिनेटमा दुर्घटना भएको थियो । दुर्घटना पछि ट्रक चालक फरार रहेको र उनको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । एम्बुलेन्स पूर्ण रुपमा क्षती छ भने ट्रकको अगाडिको भागमा क्षती पुगेको प्रमुख दाहालले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology