बुधबार, मंसिर २५, २०७६ Wednesday 11th of December 2019

शेर्पा संघ उदयपुरको पाँचौ अधिवेशन सम्पन्न

१०९ पटक हेरिएको

उपहार न्यूज
उदयपुर मंसीर १४
नेपाल शेर्पा संघ उदयपुरको पाँचौ जिल्ला अधिवेशन शनिवार उदयपुरको मुकुर्चीमा सम्पन्न भएको छ । अधिवेशनले तेजनारायण शेर्पाको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा ल्हदोर्ची शेर्पा? कोषाध्यक्षमा पुष्पा शेर्पा, सचिवमा लावुर शेर्पा, सह सचिवमा रिलामु शेर्पा चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा शान्ती शेर्पा, पेम्वा शेर्पा, लाक्पा शेर्पा, पमु शेर्पा, टसी शेर्पा, नुर्वु छिरिङ शेर्पा, तेन्जी शेर्पा, निम्छीरी शेर्पा, पेम्वा शेर्पा र मिना शेर्पा रहेको नव निर्वाचित समितिका उपाध्यक्ष ल्हदोर्ची शेर्पाले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology