बुधबार, मंसिर २५, २०७६ Wednesday 11th of December 2019

मिस उदयपुरको गाईघाट अडिसनमा १३ छनौट कटारी अडिसन मंसिर २१ मा

१५५ पटक हेरिएको

उपहार न्यूज
उदयपुर मंसीर १४
गाईघाटर युवतीहरु बिचको सौन्दर्य र बौद्धिक प्रतियोगिताको रुपमा उदयपुरमा पहिलो पटक आयोजना हुने मिस उदयपुरको पहिलो अडिसनमा १३ जना युवती छनौट भएका छन ।
विङ्स इन्टारटेन्मेन्टको प्रस्तुतिमा आयोजना हुने यश कार्यक्रमका बाँकी इच्छुक प्रतिस्पर्धीहरुका लागि मङ्सिर २१गते पनि अडिशन खुल्ला राखिने आयोजक ताल डान्स हाउसका सञ्चालक तथा नृत्य निर्देशक एम्जे मिथुन ले जानकारी दिए । उनका अनुसार रामपुर अडिसन १७ गते बेल्टार १८ गते र कटारी २१ गते हुनुका साथै छुटेकाहरुका लागि बाकी अडिसन मङ्सिर २४ गते गाईघाटमा हुने जनाईएको छ ।
सहभागीमध्ये विजयी र फस्र्ट रनरअप र सेकेन्ड रनरअपले १५ लाखको टर्म इन्स्योरेन्स पोलिसिका साथै ट्रफि, क्राउन र आकर्षक गिफ्टह्याम्पर प्राप्त गर्नेछन् भने उत्कृष्ट १० जनाले तीन महिने निशुल्क नृत्य प्रशिक्षको मौका साथै अन्य धेरै सुबिधा पाउनेछन् ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology