
उपहार न्यूज
उदयपुर मंसीर १४
जिल्ला व्याडमिन्टन संघ उदयपुरको आयोजनामा शुक्रबारबाट सुरु भएको प्रदेश नम्बर १ स्तरीय व्याडमिन्टन प्रतियोगीताको उपाधि बुढा सुब्बा व्याडमिन्टन एकेडेमी धरान सुनसरीका प्रतिस सिंह ठकुरी र सुजन श्रेष्ठको जोडिले जितेका छन् । प्रदेश नम्बर १ स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगीताको शनिवार सम्पन्न फाईनलमा सुनसरीकै प्रकास राई र रविन साउदेनको जोडीलाई पराजित गर्दै ठकुरी र श्रेष्ठको जोडि प्रथम भएको हो । प्रथम भए संगै ठकुरी र श्रेष्ठको जोडिले नगद ३० हजार पुरस्कार प्राप्त गरेका छन् । यता दोस्रो हुन सफल राई र साउदेनको जोडिले २० हजार पुरस्कार प्राप्त गरेका छन् । त्यसैगरी उदयपुरका हिमाल श्रेष्ठ र सरोज खनाल तथा भोजपुरका विशाल तामाङ र प्रमिश श्रेष्ठको जोडिले तेस्रो स्थान हासिल गरेका छन् ।
यता प्रदेश स्तरीय भेट्रान्स तर्फ उदयपुरका बल बहादुर कार्की र चित्र थापा प्रथम भए, त्यसैगरी खोटाङका धन कुमार श्रेष्ठ र पाँचथरका इन्द्र योङहाङको जोडिले दोस्रो स्थान हासिल गर्दा मोरङका भुपाल प्रसाई र विकाश श्रेष्ठ तथा ताप्लेजुङका दिपक लिम्बु र धनेन्द्र लिम्बुको जोडिले तृतीय स्थान हासिल गरेका छन् । विजयी प्रतियोगीहरुले क्रमश २५ र २० हजार पुरस्कार प्राप्त गरेका छन् ।
यता मंसीर ६ र ७ गते आयोजित जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगीताका विजयीहरुलाई पनि शनिवारनै पुरस्कार वितरण गरिएको छ । जिल्ला स्तरीय प्रतियोगीतामा सुभाष भट्टराई र सरोज खवासको जोडि प्रथम भए उनीहरुले १० हजार पुरस्कार प्राप्त गरेका छन् । त्यसैगरी जिल्ला न्यायधिश दिपक खनाल र राष्ट्रिय अनुसन्धान उदयपुरका प्रमुख नगेन्द्र दाहालको जोडिले द्धितृय स्थान हासिल गर्न सफल भएको जिल्ला व्याडमिन्टन संघ उदयपुरका महासचिव रोविन राईले जानकारी दिनु भयो ।
त्यसैगरी रणसाद्रुल गणका गणपति भैरव थापा र ललित नायकको जोडि तथा दिपक राई र राजकुमार दनुवारको जोडिले तेस्रो स्थान हासिल गरेका छन् । त्रियुगा नगरपालिकाको सहयोगमा शुक्रबारबाट सुरु भएको ८ औ शंस्करणको प्रतियोगीताको उद्घाटन एक समारोहका विच नगर प्रमुख वलदेव चौधरीले उद्घाटन गर्नु भएको थियो ।
शनिवार प्रतियोगीताका विजयीहरुलाई प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्का, प्रहरी उपरिक्षक बीर बहादुर बुढामगर, रणसाद्रुल गणका गणपति भैरव थापा, शसस्त्र प्रहरी उपरिक्षक गार्धन राई, जिल्ला व्याडमिन्टन संघ उदयपुरका अध्यक्ष राजेश कार्कीले पुरस्कृत गर्नु भएको थियो ।