बुधबार, मंसिर २५, २०७६ Wednesday 11th of December 2019

वेलकामा ढुंगा, गिटिको टेण्डर खारेजीको माग राख्दै स्थानिय आन्दोलित

२०० पटक हेरिएको

उपहार न्यूज
गाईघाट कात्तिक ३०
उदयपुरको वेलका नगरपालिकामा अनियन्त्रीत रुपमा प्राकृतिक दोहान भएको भन्दै दुई दिन देखि स्थानिय नागरिकहरुले सडकमै उत्रेर विरोध गरेका छन् । आफुहरुले स्थानिय खोलाबाट ढुंगा गिटि वालुवा उत्खन्न गर्न नदिन माग राख्दा राख्दै पनि नगरपालिकाले वेवास्ता गरेको भन्दै नागरिकहरु सडकमै उत्रेर विरोध गरेका हुन् ।
शुक्रबार देखि वेलका नगरपालिका ४ स्थित लालबजार क्षेत्र असामान्य छ, स्थानियले दिन र रातभरी टिफरबाट स्थानिय खोलाहरुको ढुंगा अनियन्त्रीत रुपमा दोहन हुन थाले पछि विरोध गरेका हुन् । उनीहरुले शुक्रबार बिहान देखि ढुंगा बोक्दै गरेको २० वटा टिफर नियन्त्रणमा लिएका छन् ।
बेलका नगरपालिका ४ र ६ को सिमानामा रहेको सिसुवा खोलाबाट जोखिम नै निम्तने गरी ढुंगा उत्खनन गरेको भन्दै शुक्रबार बिहान देखि करिब दुई दर्जन ढुंगा बोकेर जादै गरेको टिफर स्थानियहरुले वेलका नगरपालिका ४ लालबजारमा स्थानियले रोकेका हुन् । खोलाबाट प्राकृतिक विपत्तीनै सृजना हुने गरी प्राकृतिक दोहन हुन थाले पछि आफुहरुले यसलाई रोकेको स्थानिय माया वली कोइरालाले बताउनु भयो ।
शुक्रबार दिनभर स्थानियले नियन्त्रणमा लिएको टिफर रातभरी पनि सो स्थानबाट चल्न दिएनन्, आज विहानै (शनिवार) देखि वेलका नगरपालिका ४ लालबजार क्षेत्रमा स्थानिय नागरिकहरुले नारा जुलुस सहित ढुंगा, गिटि, वालुवको टेण्डर रद्ध गर्न माग राख्दै आएका छन् ।
नगरपालिकाले ठेकेदार संगको आन्तरिक मिलेमतोमा जथाभावी खोला, खहरेबाट प्राकृतिक स्रोत साधनको दुरुपयोग बढाएको भन्दै स्थानियले टेण्डर रद्ध गर्न माग राखेको स्थानिय प्रेम अधिकारीले बताए ।



वेलका नगरपालिका क्षेत्रका २१ टोल विकास संस्थाले यस अघिनै स्थानिय वडा नम्बर ४ मा ढुंगा, गिटि नदिन माग राख्दै ज्ञापन पत्र बुझाए पनि त्यसको कुनै सुनुवाई नभएको स्थानिय नागरिकहरुले बताए ।
आफुहरुले राखेको मागलाई नगरपालिकाले वेवास्ता गरे पछि सडकमा उत्रन बाध्य भएको स्थानियहरुले बताए । नगरपालिकाले गत भदौमा जारी टेण्डर मार्फत सिरहाको बीपी कन्स्ट्रक्सनले ३ करोढ ५६ लाख रुपैयाँमा टेण्डर पाएको थियो । यता यस बिषयमा प्रतिक्रिया लिन खोज्दा वेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले स्थानिय नागरिकहरुले गरीराखेको अबरोधको बिषयमा आफुलाई केहि पनि जानकारी नभएको प्रतिक्रिया दिए । नागरिकहरुले प्राकृतिक दोहनको बिरोध गरिराख्दा पनि नगर प्रमुख थापाले भने त्यस बिषयमा आफुलाई केहि थाहा नभएको र जानकारी लिने प्रयास गरीरहेका बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्टराईले आन्दोलनरत नागरिकहरु संग वार्ताको प्रयास भैरहेको बताए । स्थानिय विभिन्न खोलाहरुबाट एक लाख २० हजार घन मिटर निकाल्ने गरी सहमती भएको प्रमुख प्रशासकीय अधिकृत भट्राईले वताउनु भयो । सबै क्षेत्र संग सहमती गरेरै टेण्डर गरिए पनि के कारणले माहोल विग्रियो सो बारे आफुहरु अनविज्ञ रहेको भट्टराईले बताउनु भयो ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology