बुधबार, मंसिर २५, २०७६ Wednesday 11th of December 2019

तीन पांग्रेका चार टेम्पो चालक सम्मानित

५४ पटक हेरिएको

उपहार न्यूज
उदयपुर कात्तिक २८
गाईघाटमा तीन पांग्रे सवारीका चार जना चालकहरुलाई सम्मान गरिएको छ । सिटि सवासी यातायात प्रा.लि उदयपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको समन्वयमा कालिका अटो लिंक प्रालिले आयोजना गरेको कार्यक्रममा लामो समय देखि उदयपुरमा तीन पांग्रे सवारी संचालन गर्दै आएका चार जनालाई सम्मान गरिएको हो । कालिकाले उदयपुरमै पहिलो पटक तीन पांग्रे सवारी संचालन गर्ने लोलानाथ रिजाल, महिला सवारी चालक देवीका सार्की, कालिका अटो लिंकबाट सवारी खरिद गरेर नियमीत मासिक किस्ता बुझाउदै आएका सुनैनादेवी दास र हाल सम्म सम्पूर्ण ट्राफिक नियम पालना गर्दै सवारी संचालन गर्दै आएका सविन ढकाललाई सम्मान गरिएको थियो । कर्मचारी संगठनको कार्यक्रम हलमा आयोजित तीन पांग्रे सवारी चालकहरुलाई ट्राफिक सचेतना तथा चालक सम्मान काईक्रमको आयोजना गरि सवारी चालकहरुलाई सम्मान गरिएको हो ।


कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय उदयपुर, यातायात व्यवस्था कार्यालय उदयपुर लाई संस्थागत रुपमा सम्मान गरिएको थियो । कार्यक्रममा उदयपुरको ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भुमिका खेल्दै आएका ट्राफिक हवल्दार भेषराज थापा र सिटि सवारी यातायात प्रालि उदयपुरका कोषाध्यक्ष टंक मगरलाई मायाको चिनोको साथ सम्मान गरिएको थियो ।


कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक कृष्णहरी केसीले सवारी संचालन गर्दै सवारी नियमलाई पालना गर्नु नागरिकहरुको कर्तव्य रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै यातायात व्यवस्था कार्यालय उदयपुरका प्रमुख योगेश्वर खनालले सवारी चालकहरुको विमा गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सवारी र आफु स्वंमको विमा गर्न आवश्यक रहेको बताउनु भयो, उहाँले यातायातको कानुनी व्यवस्थाको बिषयमा सबै नागरिकहरुले जानकारी राख्नु पर्ने बताउनु भयो । खनालले गाईघाटमानै अब यातायात व्यवस्था कार्यालयको अधिकार प्राप्त भएकाले अब केहि समय बाट लाहान, ईटहरी पुगेर लिनु पर्ने सवा गाईघाटबाटै प्रदान गर्ने तयारी रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव निरिक्षक दिनेश चौधरीले ट्राफिक जनचेतनाको कमी र सवारी चालकहरुको लापारबाहिको कारण दुर्घटनाको दर बढ्दो अबस्था रहेको बताउनु भयो । उहाँले सवारी संचालन गर्दा क्षमता भन्दा बढि यात्रु बोक्दा सवारी अनियन्त्रीत हुने भएकाले क्षमता अनुसार मात्र यात्रु बोक्नु पर्ने बताउनु भयो । उहाँले ट्राफिक संकेतहरुको बिषयमा जानकारी राख्दै चालकहरुलाई पेशा प्रति इमान्दार हुन आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा सिद्धार्थ इन्सुरेन्सका गाईघाटका शाखा प्रबन्धक राजेन्द्र अधिकारी, हंसराज हुलासका प्रतिनिधि वीरेन्द्र चौधरी, त्रियुगा मिडिया ग्रुपका अध्यक्ष विश्वराज तामाङ, कालिका अटो लिंक गाईघाटका प्रमुख सुनिल ठाकुरले आफ्नो भनाई राख्नु भएको थियो । कार्यक्रममा करिब एक सयको हारहारीमा तीन पांग्रे सवारी चालकहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology