बुधबार, मंसिर २५, २०७६ Wednesday 11th of December 2019

सहकारी स्थापनाको अबसरमा जनजागृति सहकारी संस्थाद्धारा रक्तदान कार्यक्रम

६७ पटक हेरिएको

उपहार न्यूज
गाईघाट, कार्तिक २७
आफ्नो स्थापनाको २१ औ बर्ष पुरा गरी २२ औ बर्षमा प्रवेश गरेको अबसरमा महिला जनजागृती बचत तथा ऋण सहकारी संस्था लिमिटेड उदयपुरले रक्तदान कार्यक्रम आयोजना गरेको छ । “रक्तदान जीवन दान, रक्तदान गरौ पूण्य कमाउ” भन्ने मुल नाराका साथ महिला जनजागृति बचत तथा ऋण सहकारी संस्था लिमिटेड गाईघाटले आफ्नो २१ औँ बार्षिक उत्सवको अवसरमा उक्त रक्तदान कार्यक्रम आयोजना गरेको हो । सो कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उदयपुर शाखाको प्राविधिक सहयोगमा आयोजना भएको हो । बुधबार सहकारीको प्राणगनमा आयोजित रक्तदान कार्यक्रममा १०७ जनाले रक्तदान गरेका छन् । संस्थाका अध्यक्ष तेज पाण्डेको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी धुव्र बहादुर खड्काले पानसमा वत्ति बालेर गर्नुभएको थियोे ।

कार्यक्रमका प्रमुख अतिति प्रजिअ खड्काले संस्थाको प्रगतिको कामना गर्दै जिल्लामा भएका सहकारी संस्थाहरुलाई आर्थिक हिसाबले बलियो बनाउन र सामाजिक कार्यमा प्रेरित गर्नका लागि अभियान संचालन गर्ने योजना रहेको बताउनु भएको छ । उहाँले आफु र आफ्नो स्थानबाट हुनसक्ने साथसहयोग गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको थियो। त्यस्तै, शुभकामना मन्तव्यकै क्रममा जिल्ला सहकारी संघका अध्यक्ष सरोज बस्नेतले संस्थालाई सफलताको शुभकामना दिदै जिल्लामा अवस्थित सहकारी संस्थाहरुलाई स्थानिय निकायको साथसहयोगको आवश्यकता रहेको पनि बताउनु भएको थियो । मन्तव्यकै क्रममा नेपाल रेडक्रस सोसाइटी उदयपुरका सभापति विनोद बस्नेतले रक्तदान एक सामाजिक तथा जिवनरक्षाको काम भएकाले सबैले यसलाई सम्मानका साथै सहयोग गर्नुपर्ने बताउनु भएको थियो ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष भरत खड्का, उद्योग वाणिज्य संघ उदयपुरका प्रथम उपाध्यक्ष रमेश रसायली, त्रियुगा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष प्रकाश खड्का, वडा वडा नम्बर ११ का वडाध्यक्ष विश्वराज भट्राई, वडा नम्बर १२ का वडाध्यक्ष जयबिक्रम राई, रण शार्दुल गणका गणपति भैरव थापा, मासवेशका अध्यक्ष नजवुल खान लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । संस्थाका लेखा संयोजक देब कुमार गिरिले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संचालन सचिब बिमल कार्कीले गर्नुभएको थियो ।

संस्थाका लेखा संयोजक देवकुमार गिरीले पहिलो रक्तदान गरेर कार्यक्रम उद्घाटन भएको थियो । कार्यक्रममा त्रियुगा पुनस्र्थापना केन्द्रका तीन जना युवाहरुले पनि रक्तदान गरेको सहकारीका अध्यक्ष तेज बहादुर पाण्डेले जानकारी दिनु भयो ।
स्थापना भएको २१ बर्ष भए पनि पछिल्लो एक बर्ष यता नयाँ व्यवस्थापनका साथ सुरु भएको सहकारीले बचत तथा ऋणका विभिन्न योजनाका साथ अघि बढिरहेको छ । सहकारीले बचत तथा ऋण बाहेक अन्य सेवा समेत प्रदान गर्दै आएको र आफ्नो सेवा क्षेत्रलाई विस्तार गर्दै आफ्ना ग्राहक सदस्यहरुलाई थप सेवा सुविधा प्रदान गदै अघि बढ्ने योजना रहेको सहकारीका कोषाध्यक्ष तथा म्यानेजर मञ्जु थापाले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology