बुधबार, मंसिर २५, २०७६ Wednesday 11th of December 2019

सानिमा लाईफद्धारा विमा अभिकर्ता प्रोत्साहन कार्यक्रम

७३ पटक हेरिएको

उपहार न्यूज
उदयपुर कात्तिक २३
जीवनको लागि विमा विमाको लागि सानिमा भन्ने मुल नारा साथ सानिमा लाईफ इन्स्योरेन्स द्धारा विमा अभिकर्ताहरुको क्षमता अभिबृद्धि गराउने उद्देश्यका साथ पुनरताजर्गी तालिम शनिवार गाईघाटमा सम्पन्न भएको छ । सानिमा लाईफ ईन्सुरेन्स गाईघाट शाखाद्धारा आयोजित कार्यक्रममा सानिमा लाईफमा आबद्ध ५० बढि विमा अभिकर्ताहरुको सहभागीता रहेको थियो । गाईघाट स्थित होटल हिमालयको कार्यक्रम हलमा आयोजित कार्यक्रममा सानिमा लाईफमा रहेको विभिन्न विमा योजनाको बिषयमा शाखा प्रबन्धक अजय फुयलले सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा सानिमा लाईफका प्रदेश नम्बर १ का क्षेत्रीय प्रबन्धक राजन निरौलाले पछिल्लो समय सानिमा लाईफद्धारा विमा अभिकर्ताहरुको लागि कम्पनीले प्रदान गर्ने विभिन्न स्कीमको बिषयमा जानकारी गराउनु भएको थियो । कम्पनीका डिजिएम चुडामणी चापागाईले विमा अभिकर्ताहरुलाई उत्प्रेरित गर्ने किसिमका विभिन्न योजनाको बिषयमा जानकारी गराउनु भएको थियो । चापागाईले नेपालमा विमा कम्पनी र यसको बिकास संगै विमा क्षेत्रको आवश्यक्ताको बिषयमा जनस्तर सम्म पु¥याउनु पर्ने आवश्यक्ता रहेको बताउनु भयो ।
कार्यक्रमको उद्घाटन शत्रमा त्रियुगा मिडिया ग्रुपका अध्यक्ष विश्वराज तामाङ, समाजसेवी शालिग्राम श्रेष्ठ, सिमा थापाले विमा क्षेत्रको महत्व दिन प्रतिदिन बढ्दो अबस्थामा रहेकाले सानिमा लाईफमा आबद्ध अभिकर्ताहरुलाई शुभकामना दिएका थिए ।
२०७४ साल मंसीर २२ गतेबाट सुरु भएको सानिमा लाईफले गत बैशाखमा गाईघाटमा ४० औ शाखाको रुपमा गाईघाटमा शाखा संचालनमा ल्याएको हो । शाखा विस्तार भएको दुई सय ५० बढि नागरिकको जीवन विमा गराउन सफल कम्पनीले आगामी दिनमा जिल्लाको विभिन्न क्षेत्रमा पुगेर सबै क्षेत्रका नागरिकलाई विमा सचेतना जगाउने उद्देश्य रहेको शाखा प्रबन्धक अजय फुयलले जानकारी दिनु भयो । सानिमा लाईफले हाल बाल सौगात, दिर्घायु, सरल, धनपति, एकल भुक्तानी, म्यादी, शुम लक्ष्मी, दम्पति, जीवन श्री, बार्षिक धन फिर्ता योजना गरी १० विमा योजना मार्फत विमा संचालन गर्दै आएको छ । सानिमाले पछिल्लो समय सानिमा जीवन श्री जीवन विमा योजनामा ग्यारेण्टी बनोनस ७० प्रतिशत बोनसदर कायम रहेको योजना समेत जानकारी गराईएको थियो ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology