बिहिबार, कार्तिक २८, २०७६ Thursday 14th of November 2019

विनोदलाई सम्मानको ओहिरो

११९ पटक हेरिएको

उपहार न्यूज
उदयपुर कात्तिक १६
लोक संगीत क्षेत्रको जगेर्ना र प्रबद्र्धन गर्ने उद्देश्यले नेपालमै पहिलो पटक सबै भन्दा ठूलो धनरासी पुरस्कार रहेको आईएमी लोक स्टारका विजेता ( सकेण्ड रनर अप) विनोद दनुवारलाई गृह जिल्लामा सम्मान गरिएको छ । कात्तिक ८ गते आयोजत ग्राण्ड फिनालेमा तेस्रो स्थान प्राप्त गर्न सफल विनोदलाई गृह जिल्ला उदयपुरका विभिन्न स्थानमा सम्मान गरिएको हो ।
दनुवारलाई कटारीको सिसाघारी, कटारी बजार, रिस्कु गिद्धभिर, समावेशी एफ.एम कटारी, कटारी नगरपालिकाले शुक्रबार सम्मान गरेको थियो । यता विनोद दनुवार जिताऔ अभियानले उदयपुरको चुहाडेमा शनिवार विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । प्रदेश सभा सदस्य हिमाल कार्की, त्रियुगा नगर प्रमुख वलदेव चौधरी, उप प्रमुख देवीकुमारी चौधरी लगायतको उपस्तिथीमा सम्मान गरिएको अभियानका संयोजक सृजना दनुवारले बताउनु भयो । त्यसैगरी झिल्केटोल सुधार समाज, रेडियो उदयपुरले पनि उनलाई सम्मान गरेको छ । यता शनिवार साझ गाईघाटमा आयोजित छट पुजा समितिले आयोजना गरेको कार्यक्रममा पनि दनुवारलाई सम्मान गरिएको थियो । जिल्लाबासीको सम्मान र मायाले आफुलाई अझ अघि बढ्नका लागि प्रेरणा मिलेको दनुवारले बताए । त्रियुगा एक्सप्रेस दैनिकबाट

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology