बुधबार, माघ ८, २०७६ Wednesday 22nd of January 2020

मलद्वारमा लुकाएर ल्याउदै गरेको लागुऔषधसहित बसाहाका उमेश पक्राउ

१३० पटक हेरिएको

बेल्टार, कात्तिक ६ ।
लागुपदार्थ तथा दुव्र्यशनबिरुद्ध इलाका प्रहरी कार्यालय बेल्टार सक्रिय भएपछि सो क्षेत्रका लागुऔषध कारोबारीहरुले ओसारपसारको नयाँ तरिका अपनाउन थालेका छन् । बुधबार उदयपुरको चौदण्डीगढी नगरपालिका ४ नमूनामा पक्राउ परेकाको साथबाट लागुऔषध बरामद भएपछि यस्तो रहस्य खुलेको हो ।

‘मलद्वारभित्रै २० एम्पुल लागुऔषध भेटियो’ इप्रका बेल्टारका प्रमुख प्रहरी निरीक्षक बुद्धि चौलागाईंले भने, ‘कडाई सुरक्षा चेकजाँचपछि कारोबारीले नयाँ नरिका अपनाउन थालेछन् ।’ सप्तरीको फत्तेपुरबाट उदयपुरको बसाह आउदै गरेका ३४ वर्षीय उमेश राई शंकास्पद देखिएपछि चेकजाँचको क्रममा लागुऔषध बरामद भएको इन्सपेप्कर चौलागाईंले जानकारी दिए ।

पक्राउ पर्ने चौनपा ७ का राईको साथमा ट्राउजुरको भित्रि गोजीमा लुकाई ल्याउदै गरेको तीन थान सिरिन्चसमेत बरामद भएको छ । उनलाई पक्राउ गरी इप्रका बेल्टारको हिरासतमा थप अनुसन्धानका लागि राखिएको चौलागाईको भनाई छ ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology