बिहिबार, कार्तिक २८, २०७६ Thursday 14th of November 2019

विकासमा राजनिति कम सहमती बढि गरौ ः कार्की

११२ पटक हेरिएको

उपहार न्यूज
त्रियुगा कात्तिक ६
उदयपुर प्रतिनिधि सभा १ क्षेत्र ख बाट निर्वाचित प्रदेश सभा सदस्य हिमाल कार्कीले विकासमा राजनितिक रंग मिसाउन नहुने बताउनु भयो । उहाँले विकासको लागि सहमतीका साथ जनप्रतिनिधिहरु लागि पर्नु पर्ने बताउनु भयो । त्रियुगा नगरपालिकाको आर्थिक बर्ष २०७५÷०७६ को बार्षिक समिक्षालाई संबोधन गर्दै उहाँले यस्तो वताउनु भएको हो । कार्कीले नगरले अब साना योजनाहरु वडा स्तरबाट संचालन गराएर नगरको विकासको लागि ठूला ठूला गुरु योजनाहरु निर्माण गरेर अघि बढ्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख बलदेव चौधरीले नगरपालिकाको समृद्धिको लागि विभिन्न निकायहरु संगको सहकार्यमा गूरु योजनाहरु निर्माण भैसकेको र त्यसलाई कार्यान्वयनको चरणमा अघि बढाईने बताउनु भयो । उहाँले आफु निर्वाचित भए पछि सबै दलको घोषणा पत्रहरुलाई एक ठाउँमा राखेर पंचबर्षिय योजना निर्माण गर्दै अघि बढेको बताउनु भयो ।
नगर प्रमुख चौधरीले नगरपालिकाले सुशासन, पार्दर्षिता र जवाफदेहिताको लागि सधै तयारी भएर लागि परेको बताउनु भयो । उहाँले त्रियुगा नगरपालिका अब हरेक हिसाबले समृद्धि तर्फ अघि बढेकाले सबैलाई साथ र सहयोग गरेर अघि बढ्नका लागि समेत आग्रह गर्नु भएको थियो ।
नगर प्रमुख चौधरीले त्रियुगा नगरपालिकालाई समृद्ध बनाउदै उप महानगपालिकाबाट महानगरपालिका सम्म निर्माण गर्नका लागि सोच र संकल्पका साथ गूरु योजनाहरु निर्माण भएको बताउनु भयो । उहाँले त्रियुगा नगरलाई कृषि, शिक्षा र उर्जाको हबको रुपमा विकास गर्नका लागि परेको समेत बताउनु भयो ।
कार्यक्रममा नेकपाका जिल्ला सचिव ईश्वरमणी राउतले नगरपालिकाले प्राप्त गरेको उपलब्धीलाई जनस्तर सम्म प्रचार गर्नु पर्ने आवश्यक्ता रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका त्रियुगा नगर सभापती सरोजकुमार बस्नेतले नगरपालिकाले बार्षिक समिक्षा गर्दै गर्दा खेलकुद, पर्यटन, खानेपानी, फोहोर व्यवस्थापन लगायतको बिषयहरुमा कुनै पनि प्रगति देख्न नपाईएको बताउनु भयो । उहाँले संघ र प्रदेश सभा सदस्यहरुबाट आएको बजेटको समेत समिक्षा प्रतिवेदनमा उल्लेख नगरिएको प्रति प्रश्न गर्नु भयो । नगर सभापती बस्नेतले नगरपालिकाले समग्रमा वित्तिय प्रगति उच्च रुपमा हासिल गरे पनि त्यो जनस्तर सम्म पुगे या नपुगेको त्यसको मुल्यांकन हुन पर्ने बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाको विभिन्न बिषयगत समितिका संयोजक तथा वडाध्यक्षहरुको सहभागीता नहुदाँ जवाफदेहिता प्रति बिषयगत समितिका संयोजकहरु गैरजिम्मेबारी भएको जस्तो भान भएको उहाँले बताउनु भयो ।
कार्यक्रममा समाजवादी पार्टीका प्रतिनिधि विश्वराज राईले नगरपालिकाले विपद व्यवस्थापनको क्षेत्रमा चासो देखाउनु पर्ने बताउनु भयो । मानव अधिकारकर्मी भरत खड्काले नगरले गरेको कामलाई जनस्तर सम्म पु¥याउनु पर्नेमा जोड दिनु भयो, उहाँले नगरपालिकाले पार्दर्षिता र जवाफदेहिताको काममा अघि बढ्नु पर्ने समेत बताउनु भयो । गैसस महासंघ प्रदेश नम्बर १ का ईन्चार्ज महेश्वरी राईले नगरपालिकाले समय समयमा विभिन्न किसिमका सामाजिक अभियान संचालन गरेको प्रति प्रशंसा गर्नु भयो । बरिष्ठ पत्रकार कौशल चेम्जोङले नगरको विकास प्रति खुसी व्यक्त गर्नु भयो, त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश विश्वकर्माले नगरपालिकाले बजार व्यवस्थापनमा देखाएको सक्रियताको खुलेर प्रशंसा गर्नु भयो, उहाँले नगरपालिकाले नगरबासीको जनभावनालाई बुझेर काम गरिरहेको र आगामी दिनमा पनि सहकार्य र समन्वयलाई निरन्तरता दिईनु पर्नेमा जोड दिनु भयो ।
लगायतले नगर समिक्षामा आफ्ना भनाईहरु राख्नु भएको थियो । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, सामाजिक क्षेत्र, व्यवसायी, पत्रकार, जनप्रतिनिधि लगायतको उपस्तिथी रहेको थियो । त्रियुगा एक्सप्रेस दैनिकबाट

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology