बुधबार, माघ ८, २०७६ Wednesday 22nd of January 2020

वडा स्तरीय फुटवलको उपाधि ११ लाई

१७६ पटक हेरिएको

उपहार न्यूज
उदयपुर कात्तिक ४
वडा स्तरीय खेलकुद विकास समिति त्रियुगा नगरपालिका वडा नम्बर १० को आयोजनामा भएको वडा स्तरीय फुटवल प्रतियोगीताको उपाधि वडा नम्बर ११ ले चुमेको छ । आयोजक वडा नम्बर १० लाई तीन शुन्य गोल अन्तरले पराजित गर्दै वडा नम्बर ११ विजयी भएको हो ।
सोमबार त्रियुगा नगरपालिका १० बोक्से स्थित खसी बजारमा आयोजित प्रतियोगीतामा वडा नम्बर ११ लागि सुनिल खड्काले २ गोल र सरोज राउतले १ गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा वडा नम्बर १० लागि पनि गोल गर्ने सुनौलो अबसर पाए पनि गोल गर्न चुक्दा वडा नम्बर ११ विजयी भएको हो । प्रतियोगीतामा विजयी हुदै वडा नम्बर ११ ले नगद २५ हजार सहित ट्रफि हात पारेको छ । त्यसैगरी वडा नम्बर १० ले नगद १५ हजार सहित ट्रफि हात पारेको छ । प्रतियोगीताको विजयी समुहलाई प्रतियोगीताको समापन समारोहका प्रमुख अतिथि त्रियुगा नगरपालिकाका प्रमुख वलदेव चौधरीले पुरस्कृत गर्नु भएको थियो । उप विजेता वडा नम्बर १० लाई अखिल नेपाल फुटवल संघका केन्द्रिय सदस्य तथा प्रवक्ता किरण राईले पुरस्कृत गर्नु भएको थियो ।
प्रतियोगीतामा विद्यागत ८ खेलाडिलाई समेत पुरस्कृत गरिएको छ, प्रतियोगीतामा सर्वोत्कृष्ट खेलाडि त्रिनपा ११ का प्रविण श्रेष्ठ, उत्कृष्ट डिफेन्डर वडा नम्बर ११ का रुपक फुयल, उत्कृष्ट गोल रक्षक वडा नम्बर ११ का विशाल विक, उत्कृष्ट मिडफिल्डर वडा नम्बर १० का सुदिप श्रेष्ठ, उत्कृष्ट फरवार्ड वडा नम्बर ११ सरोज राउत, उत्कृष्ट प्रशिक्षक वडा नम्बर ११ का किरण कार्की, उदयमान खेलाडि वडा नम्बर १० का सुनिल श्रेष्ठ र फाईनल खेलका म्यान अफ दि म्याच वडा नम्बर ११ का सनिल खड्का हुन सफल भएका थिए । प्रतियोगीताका सर्वोकृष्ट विद्यागत खेलाडिहरुलाई नेकपाका जिल्ला सचिव ईश्वरमणी राउत, त्रियुगा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष प्रकास कुमार खड्का, त्रियुगा मिडिया ग्रुपका अध्यक्ष विश्वराज तामाङ, नगर खेलकुद विकास समितिका अध्यक्ष प्रदिप श्रेष्ठले पुरस्कृत गर्नु भएको थियो ।

त्रियुगा नगरपालिका वडा नम्बर १० को समन्वयमा आयोजित प्रतियोगीता त्रियुगा नगरपालिका लगायत दुई दर्जन विभिन्न संघ संस्था तथा व्यक्तिहरुको सहयोगमा आयोजना गरिएको हो । प्रतियोगीता उत्साहजन भएकाले यसलाई आगामी दिनमा पनि निरन्तरना दिईने वडा खेलकुद विकास समितिका अध्यक्ष जीवन पाण्डेले बताउनु भयो । प्रतियोगीताको उद्घाटन कार्यक्रममा बोल्दै त्रियुगा नगरपालिकाका प्रमुख वलदेव चौधरीले युवाहरुको वृत्ति विकासको लागि आयोजना हुने यस किसिमको प्रतियोगीताका लागि नगरपालिका सधै सहयोग गर्नका लागि तयार रहेको बताउनु भयो । एन्फा प्रवक्ता किरन राईले यस खाले प्रतियोगीताले व्यवसायीक खेलाडिहरु उत्पादन हुनेमा सहयोग पुग्ने बताउनु भयो । वडा नम्बर १० का वडाध्यक्ष प्रकास कुमार खड्काले वडाले युवाहरुलाई प्रोत्साहन गर्नका लागि सधै साथ र सहयोग गर्ने प्रतिबद्धता समेत बताउनु भएको थियो । त्रियुगा एक्सप्रेस दैनिकबाट

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology