बिहिबार, कार्तिक २८, २०७६ Thursday 14th of November 2019

कांग्रेसको स्थानिय तहमा संगठन समायोजन हुदै, त्रियुगा नगर समितिमा सरोज बस्नेत नगर सभापती (नगर समितिको नामवली सहित)

१३१ पटक हेरिएको

विश्वराज तामाङ
उदयपुर असोज ३
संघिय संरचना अनुसार नेपाली कांग्रेस उदयपुरले संगठन समायोजन सुरु गरेको छ । उदयपुर जिल्लाको आठ वटै स्थानिय तहमा पुगेर कांग्रेसले संगठन समायोजनको काम अघि बढाएको हो । संगठन समायोजनको गर्ने क्रममा नेपाली कांग्रेस त्रियुगा नगर समितिको आईतबार पार्टी कार्यालय गाईघाटमा संगठन समायोजन सम्पन्न भएको छ । पार्टीको संगठन समायोजनको लागि केन्द्रिय प्रतिनिधि सुकुराम श्रेष्ठ र पार्टी सभापती विदुर बस्नेतको विशेष उपस्तिथीमा जिल्लाको आठ वटै स्थानिय तहमा संगठन समायोजनको काम अघि बढेको नेपाली कांग्रेस उदयपुरका प्रवक्त मदनराज कटुवालले जानकारी दिनु भयो ।
नेपाली कांग्रेसले त्रियुगा नगर सभापतीको रुपमा सरोजकुमार बस्नेतको लाई चयन गरेको छ, ८० सदस्यीय समिति रहेको नगर समितिले ३७ सदस्यीय कार्य सम्पादन समिति समेत निर्माण गरेको छ । पार्टीको समायोजनको क्रममा लिम्चुङबुङ गाउँपालिकामा नेत्र खत्री, रौतामाई गाउँपालिकामा चेत बहादुर दाहाल, उदयपुरगढि गाउँपालिकामा लेख बहादुर श्रेष्ठ, चौदण्डिगढि नगरपालिकामा राजेन्द्र पौडेल र वेलका नगरपालिकामा सुसिल सेढाईलाई सभापती चयन गरिएको छ ।
यता कटारी नगरपालिकामा आगामी कात्तिक ५ गते र ताप्ली गाउँपालिकामा कात्तिक ६ गते संगठनको समायोजनको कार्यक्रम रहेको नेपाली कांग्रेस उदयपुरमा पार्टी सभापती विदुर बस्नेतले जानकारी दिनु भयो । नेपाली कांग्रेसले साविकका नगरपालिका र गविसहरुको पार्टी संगठनलाई भंग गर्दै स्थानिय तह स्तरीय समितिमा संगठन समायोजन गरेको हो ।
त्रियुगा नगरपालिकाको पार्टी संगठन समायोजनका कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापती भोजराज खतिवडा, क्षेत्रीय सह सभापती बसन्तकुमार बस्नेत, चौदण्डिगढि नगरपालिकाका प्रमुख खगेन्द्र राई लगायतको उपस्तिथी रहेको थियो ।

को को छन् नगर समितिमा (नामवली सहित)
नेपाली कांग्रेस त्रियुगा नगर समितिको संगठन समायोजनको क्रममा नगर सभापतीमा सरोजकुमार बस्नेतलाई चयन गरेको छ । साविकको त्रियुगा नगरपालिका, साउने, खाबु, जोगीदह र चिलाउने गाविस गाभेर बनेको त्रियुगा नगरपालिकामा कगठन गरेको कांग्रेसको समितिको सह सभापतीमा नर बहादुर, निन्द्र बहादुर मगर, रविलाल चौधरी रहेका छन् । त्यसैगरी उप सभापतीमा लिल बहादुर राई, इन्द्र बहादुर प्रधान, अरुण कुमार मगर, धन माया रानामगर रहेका छन् । त्यसैगरी सचिवमा श्यामनारायण चौधरी, भुवन कुमार थापामगर, विनोद श्रेष्ठ, पिताम्बर राई, केशवकुमार रायामाझी, सुमन चौधरी र पुष्पराज गुरागाई रहेका छन् । त्यसैगरी कोषाध्यक्षमा रत्ना राई, यदुका मगर, थिरा कुमारी मगर, रुपेश राई, राम प्रसाद पुरी रहेका छन् । त्यसैगरी सह सचिवमा टिकाराम राई, तेज बहादुर बस्नेत, दिपा राई र मनोज भट्टराई रहेका छन् यता सदस्यहरुमा दिल बहादुर श्रेष्ठ, राम बहादुर रानामगर, दिल बहादुर राई, थन बहादुर खड्का, मीना राई, उत्तर बहादुर राई, माधप प्रसाद पोख्रेल, थीर प्रसाद भट्टराई, गोविन्द प्रसाद घिमिरे, तप बहादुर रानामगर, शोभितबहादुर पराजुली र लोक बहादुर राई रहेका छन् । त्यसैगरी सदस्यहरुमा सोम बहादुर माझी, मान बहादुर मगर, अम्वर बहादुर कटुवाल, गणेश पुलामी, लाल बहादुर मगर, मान बहादुर मगर, जुना पाण्डे, चतुरमान माझी, गिता थापा, कृष्ण बहादुर राई, मान बहादुर मगर, कमला नेपाली, चक्र बहादुर राउत, पुलकित चौधरी, दुर्गा बहादुर सार्की, मुखीलाल चौधरी, मन प्रसाद चौलागाई, भरत बहादुर कार्की, डोरनाथ ढकाल, युवराज कार्की, शशीलामा कार्की, चन्द्र बहादुर कार्की, विष्णुदेव चौधरी, प्रदिप अधिकारी, सुजितादेवी चौधरी, गम्भीर दनुवार, दही बहादुर दाहाल रहेका छन् । त्यसैगरी भी राहाग राई, टंक श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ, राजकुमार राउत, वदन प्रधान, भविन्द्र राई, दिपवक वान्तावा, भुपध्वज खड्का, मान बहादुर मगर, भक्त बहादुर वलम्पाकी, खेमनाथ तिम्सिना, डिल्लीकेशर भट्टराई, निर बहादुर मगर, संजीव केसी, प्रेम प्रसाद तिम्सिना र कुल बहादुर खत्री रहेका छन् ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology