बुधबार, माघ ८, २०७६ Wednesday 22nd of January 2020

वडा स्तरीय फुटवलको फाईनलमा १० र ११

१२३ पटक हेरिएको

उपहार न्यूज
उदयपुर कात्तिक २
त्रियुगा नगरपालिका वडा नम्बर १० खेलकुद विकास समितिको आयोजनामा असोज २८ गतेबाट सुरु वडा स्तरीय फुटवल प्रतियोगीताको फाईनलमा वडा नम्बर १० र ११ प्रवेश गरेको छ । शनिबार सम्पन्न खेलमा वडा नम्बर ४ लाई दुई एक गोल अन्तरले पराजित गर्दै वडा नम्बर ११ प्रतियोगीताको फाईनलमा प्रवेश गरेको हो । सेभेन ए साईड फुटवल प्रतियोगीताको दोस्रो शनिवार आयोजित दोस्रो सेमिफाईनलमा वडा नम्बर ११ को लागि सुनिल खड्का र समीरराज राउतले गोल गरेका थिए । वडा नम्बर ४ को लागि एक मात्र गोल प्रविण राईले गरेका थिए । प्रतियोगीताको म्यान अफ दि म्याच वडा नम्बर ११ का सुनिल खड्का भए उनलाई नेपाली कांग्रेस उदयपुरका संगठन विभाग प्रमुख मनोजकुमार बस्नेतले पुरस्कृत गर्नु भयो ।
जित संगै वडा नम्बर ११ ले चिरपरिचित प्रतिद्धन्दि वडा नम्बर १० संगको फाईनल खेलको लागि भेट पक्का गरेको छ । आयोजक वडा नम्बर १० ले शुक्रबार आयोजित खेलमा वडा नम्बर २ लाई पराजित गर्दै प्रतियोगीताको पहिलो सेमिफाईनलको विजयी हुदै फाईनल प्रवेश गरेको थियो । वडा नम्बर १० को जीतको लागि सुदिप श्रेष्ठ, हेमन राईले गोल गरेका थिए । वडा नम्बर २ को लागि एक मात्र गोल देवराज चौधरीले गरेका थिए ।
प्रतियोगीता अन्तर्गत आईतबार गाईघाट र बोक्से विचमा भेट्रान्स प्रतियोगीता हुने छ, प्रतियोगीताको फाईनल खेल सोमबार आयोजना हुने छ । प्रतियोगीताको पहिलो हुने टिमले नगद २५ हजार र दोस्रो हुनेले १५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्ने छन् ।
त्यसैगरी विभिन्न विद्यामा उत्कृष्ट हुने खेलाडिलाई समेत पुरस्कृत गरिने छ, विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडिलाई त्रियुगा मिडिया ग्रुपले प्रायोजन गर्ने छ । प्रतियोगीतालाई त्रियुगा नगरपालिका, त्रियुगा नगरपालिका वडा नम्बर १०, नगर खेलकुद विकास समिति लगायत दुई दर्जन बढि विभिन्न संघ संस्था तथा व्यक्तिहरुको सहयोगमा आयोजना गरिएको वडा खेलकुद विकास समितिका अध्यक्ष जीवन पाण्डेले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology