बुधबार, माघ ८, २०७६ Wednesday 22nd of January 2020

बोक्सेमा वडा स्तरीय फुटवल सुरु

१४३ पटक हेरिएको

उपहार न्यूज
गाईघाट असोज २९
त्रियुगा नगरपािलका वडा नम्बर १० मा वडा स्तरीय युवा खेलकुद विकास समितिको आयोजनामा वडा स्तरीय फुटवल प्रतियोगीता मंगलबारबाट सुरु भएको छ । असोज ९ गते देखि सुरु हुने भनिएको प्रतियोगीता मौसम खराबीका कारण स्थगीत गरिएको थियो । त्रियुगा नगरपालिका १० खसीबजारमा सुरु भएको प्रतियोगीताको मंगलबार एक समारोहका विच प्रदेश सभा सदस्य हिमाल कार्की र एफा केन्द्रिय प्रवक्ता किरण राईले बेलुन उडाएर प्रतियोगीताको उद्घाटन गर्नु भएको थियो । प्रतियोगीताको उद्घाटन खेल त्रियुगा नगरपालिका वडा नम्बर १० र १२ विच सम्पन्न भएको छ । प्रतियोगीतामा त्रियुगा नगरपालिका वडा नम्बर १० ले ट्राईब्रेकरमा चार तीन गोल अन्तरले विजयी भएको छ । निर्धारित समयमा गोलरहित बराबरी भए पछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा वडा नम्बर १० को लागि हेमन्त राई, उज्जल श्रेष्ठ, टिपसन राई र अनिस सेवाले गोल गरेका थिए । वडा नम्बर १२ को लागि डेबिट चौधरी, सुसिल राई र अरुण मगरले गोल गरेका थिए । त्रियुगा एक्सप्रेस दैनिकबाट

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology