आइतवार, मंसिर १, २०७६ Sunday 17th of November 2019

वेलका ४ मा स्वास्थ्य चौकी बनाउन निःशुल्क जग्गादान

२४२ पटक हेरिएको

उपहार न्यूज
उदयपुर असोज २७
आफ्नो गाउँमा स्वास्थ्य चौकी निर्माणका गर्नका लागि वेलका नगरपालिका वडा नम्बर ४ का एक स्थानियले तीनक कट्ठा जग्गादान गरेका छन् । वेलका नगरपालिका ४ का स्थानिय ५५ बर्षिय रत्न बहादुर आलेमगरले वडामा निर्माण हुन लागेको स्वास्थ्य चौकी भवन निर्माणको लागि जग्गा दान गर्नु भएको हो ।
सोमबार मालपोत कार्यालय उदयपुरमा स्वास्थ्य चौकीको नाममा उहाँले जग्गा दान गर्नु भएको हो । रापाठो ७ क को कित्ता नम्बर ८८ मा रहेको ८ कट्ठा मध्ये तीन कट्ठा जग्गा उहाँले वडामा निर्माण हुन लागेको स्वास्थ्य चौकी निर्माणको लागि दान गर्नु भएको वडाध्यक्ष दिपक दंगालले जानकारी दिनु भयो ।
स्वास्थ्य चौकी निर्माणको लागि संघिय सरकारले वडानमा ३८ लाख रुपैया विनियोजन गरी चालु आर्थिक बर्षमानै टेण्डर भैसकेको छ । स्वास्थ्य चौकी निर्माणको लागि टेण्डर भए पनि जग्गा अभाव हुदाँ स्वास्थ्यचौकी निर्माण अन्यौलमा रहेको थियो, अब भने स्वास्थ्य चौकी निर्माणको लागि बाटो खुल्यो वडाध्यक्ष दंगालले खुसी हुदै भन्नु भयो । मुख्य सडकबाट एक सय मिटर भित्र पर्ने जग्गाको करिब ४५ लाख बराबरको हो, यस अघि वेलका नगरपालिका वडा नम्बर ४ मानै वडा भवन निर्माणको लागि स्थानिय समाजसेवी डम्बर बहादुर तामाङले करिब ४० लाख पर्ने एक कट्ठा जग्गा दान गर्नु भएको थियो । तामाङले दान गर्नु भएको जग्गामा हाल वडा भवन धमाधम निर्माण भैरहेको वडाध्यक्ष दंगालले बताउनु भयो ।
यस संगै वेलका नगरपालिका ४ मा वडाको नाममा चार कट्ठा नम्बरी जग्गा सम्पत्तीको रुपमा प्राप्त भएको वडाध्यक्ष दंगालले बताउनु भयो । संघिय संरचनामा मुलुक गए संगै स्थानिय तहका भौतिक संरचना निर्माण गर्नका लागि जनस्तरबाट हुने यस किसिमको सहयोग आफैमा स्वागत योग्य रहेको नेपाल कम्युनिस्ट पार्टी बेलका नगर समितिका अध्यक्ष मनोज तामाङले बताउनु भयो । त्रियुगा एक्सप्रेस दैनिकबाट

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology