बिहिबार, कार्तिक २८, २०७६ Thursday 14th of November 2019

उदयपुरमा पनि नेपाली कांग्रेसको चियापान कार्यक्रम सम्पन्न

१३७ पटक हेरिएको

उपहार न्यूज
उदयपुर असोज २६
मेलमिलापको नितिलाई अबलम्वन गर्दै नेपाली कांग्रेसले देशव्यापी रुपमा आईताबार पार्टी कार्यालयमा चियापान समारोहका आयोजना गरेको छ । २०३३ सालमा जननायक विपि कोइराला नेपाल फर्किए पछि मेलमिलापको नितिलाई अबलम्वन गर्दै हरेक बर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णीमाको अबसर पारेर चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । पार्टीको केन्द्रिय सर्कुलर अनुसार आईतबार पार्टी कार्यालय गाईघाटमा चियापान कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस उदयपुरका पार्टी सभापती बिदुर बस्नतेले जानकारी दिनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य लक्ष्मी परियार, प्रदेश सभा सदस्य तथा पूर्व पार्टी सभापती हिमाल कार्की, प्रदेश सभा सदस्य संजा दनुवार, चौदण्डिगढि नगरपालिका प्रमुख खगेन्द्र राई, उप प्रमुख रिता चौधरी, त्रियुगा नगरपालिका उप प्रमुख देवी चौधरी, प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्का, प्रहरी उपरिक्षक बीर बहादुर बुढामगर, शसस्त्र प्रहरी उपरिक्षक गार्धन राई लगायतको उपस्तिथी रहेको थियो । कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि, पत्रकार, सामाजिक अभियान्ता, नेपाली कांग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्तिथी रहेको नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सहसभापती बसन्तकुमार बस्नेतले जानकारी दिनु भयो ।
मुलुकमा बढ्दै गएको राजनैतिक असहमती र वर्तमान सरकारले एक्लौटी ढंगले संचालन हुदाँ मुलुक दुर्घटनामा समेत पर्न सक्ने कार्यक्रममा सहभागी नेताहरुले उपहार एफ.एम ९५.४ मेघाहर्जले गरेको विशेष प्रत्यक्ष प्रशारणमा बताएका थिए । वर्तमान सरकार एक्लौटी ढंगले संचालन भएको र प्रतिपक्षको समेत भनाईहरु सुनुवाई नहुने गरेको कार्यक्रममा सहभागी नेताहरुले बताएका छन् ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology