आइतवार, मंसिर १, २०७६ Sunday 17th of November 2019

प्रहरी दिवश ट्राफिक प्रहरी भेषबहादुर सहित प्रहरीहरु सम्मानित

१११ पटक हेरिएको

उपहार न्यूज
उदयपुर असोज २४
उदयपुरमा पनि ६४ औ प्रहरी दिवश मनाईएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजनामा एक कार्यक्रमका विच शुक्रबार बिहान प्रहरी दिवश मनाईएको हो ।
प्रहरी दिवशको अबसरमा जिल्ला प्रहरी कार्यालय उदयपुरले उत्कृष्ट कामा गर्ने कर्तव्यनिष्ट प्रहरीहरुलाई पुरस्कृत गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रहरी दिवशको अबसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका हवल्दार भेषबहादुर थापा सहित दर्जन बढि प्रहरीलाई सम्मान गरेको छ ।
एक बर्ष अघि देखि जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरमा कार्यरत हवल्दार थापा सहित पुरस्कृत हुनेहरुमा प्रहरी निरिक्षक ज्ञानबहादुर माझी, प्रहरी नायव निरिक्षक इन्द्रदेव यादव, प्रहरी सहायक निरिक्षक गंगाराम राई, प्रहरी सहायक निरिक्षक उमा गुरुङ पुरस्कृत भएका थिए । त्यस्तै प्रहरी हवल्दारहरु नन्दकिशोर यादव, महादेव राई र प्रमोदकुमार यादव पुरस्कृत भएका छन् । त्यसैगरी प्रदेश प्रहरी कार्यालयबाट प्रदेशभरीमा उत्कृष्ट काम गरेवापत साउन महिनाको पुलिस अफ द मोन्थ, प्रहरी जवानहरु अनिश कार्की, मिलन विष्टलाई प्रमाणपत्र प्रदान गरिउको छ । त्यसैगरी भदौ महिनाको पुलिस अफ दि मन्थ, लालबहादुर विश्वकर्मा घोषित भए ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रजिअ खड्का र जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढाले पुरस्कृत गरेका थिए ।
कार्यक्रममा काम र कर्तब्य पुरा गर्ने सिलसिलामा उदयपुरमा अमरत्न प्राप्त गर्ने प्रहरी सहयाक निरिक्षक स्वर्गिय पूर्णबहादुर गिरी, प्रहरी हवल्दारहरु स्व. गणेश पौडेल र गोरशबहादुर राई, प्रहरी जवानहरु स्व. राधाकृष्ण राई, स्व. राजन दाहाल, स्व. भक्तबहादुर वि.क र उमेश ढकाल को स्मृति गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्का लगायत उपस्थित सुरक्षाप्रमुख, राजनीतिक दल, जनप्रतिनधि, कार्यालय प्रमुख, नागरिक समाज, भुुुपु प्रहरी, सहिद प्रहरी परिवार, पत्रकार लगायतले अमर प्रहरी स्तम्भम फुलमाला, अबिर चढाई अमर प्रहरीहरुको स्मृति गर्दै सम्मान गरेका थिए ।
कार्यक्रममा वक्ताहरुले नेपाल प्रहरीको योगदान, भूमिका र जिम्मेवारीको प्रशंसा गर्दै सदैब आफ्नो प्रतिष्ठालाई उच्च राख्न सफलताका लागि कामना गरेका थिए । प्रजिअ खड्काले कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी दिवसको शुभकामना व्यक्त गरे । अमर प्रहरी परिवारलाई इंगित गर्दै मासिन जो कोही मर्छन तर अमर प्रहरी जस्तो सम्झना र सम्मान पाउने कमै हुने बताए । जिल्ला प्रहरी प्रमुख एसपी मगरले प्रहरीको लामो इतिहास र गर्बिलो विरासतलाई सर्दैब उच्च राख्ने प्रतिबद्धता व्यक्त गरे । दिवसको शुभकामना व्यक्त गर्दै प्रहरी नागरिकको निम्ति भएकाले नजिकबाट सहयोग गर्न आग्रह गरे । दशैं, तिहार, छठ लगायतका पर्वको शुभकामनासमेत प्रदान गरिएको कार्यक्रमको अन्तमा चियापानसमेत रहेको थियो ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology