बिहिबार, कार्तिक २८, २०७६ Thursday 14th of November 2019

उपहारको शुभकामना आदनप्रदान सम्पन्न

५८ पटक हेरिएको

उपहार न्यूज
उदयपुर असोज १७
उपहार एफ।एम ९५।४ मेघाहर्जले वडादशै, शुभ दिपावली तथा छट पर्वको अबसर पारेर शुभकामना आदनप्रदान, चियापन, उपहार योजना सार्वजनिक तथा गाईघाट फुटवल क्लबलाई जर्सी हस्ताणतरन गर्दै कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा स्थानिय तहका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, व्यवसायी, नागरिक समाजका अगुवा लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा सहभागी राजनैतिक दलका नेता तथा जनप्रतिनिधिहरुले स्थानिय तहमा हुने विकास निर्माण सरकार संचालनको कामलाई सहमतीका साथ अघि बढाउनु पर्ने स्थानिय तहका जनप्रतिनिधि तथा राजनैतिक दलका प्रतिनिधिहरुले बताएका छन् । विगतमा देशलाई संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका लागि जुन राजैतिक सहमतीका साथ अघि बढिएको थियो, आज त्यो परिस्तिथी नरहेको चिन्ता व्यक्त भएको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरीले त्रियुगा नगरपालिकामा आज पक्ष र विपक्षको ढंडबाट नगरपालिका संचालन भएको प्रति दुःख व्यक्त गर्नु भयो । उहाँले नगरपालिका संचालनमा सहमतीबाट भन्दा पनि बहुमतको आडमा निर्णयहरु गरिन सुरु हुदाँ प्राप्त उपलब्धीहरु संस्थागत हुन चुनौती हुने बताउनु भयो ।
उपहार एफ।एमले कार्यक्रमको अबसरमा गाईघाट फुटवल क्लबका खेलाडिहरुलाई सम्मान गरेको प्रसंगलाई जोड्दै उप प्रमुख देवी चौधरीली त्रियुगा नगरपालिकाले युवा तथा खेलकुदको लागि पर्याप्त मात्रामा बजेट विनियोजन गरेको र नगरपालिकाले युवाहरुको विकासको लागि काम गर्न आफु प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले सधै पुरुष मियर कप मात्र हुदै आएको नगरमा अब उपमियर महिला फुटवल प्रतियोगीता समेत आयोजना गर्नका लागि निति तथा कार्यक्रम बनाएर आफु अघि बढ्ने बताउनु भयो । कार्यक्रमा बोल्दै त्रियुगा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष प्रकास कुमार खड्काले त्रियुगा नगरपालिका संचालनमा राजनैतिक असहमती दिनप्रतिदिन सृजना हुदै गएको बताउनु भयो ।
पक्ष र प्रतिपक्षको नाममा नगरपालिकामा जनप्रतिनिधिहरुलाई जिम्मेबारी र काखा पाखा गर्ने प्रबृत्तिको हाबी भएको बताउनु भयो । उहाँले यस किसिमको प्रबृत्तिबाट नगरको विकास गर्न अघि नबढ्ने समेत बताउनु भयो । उहाँले उपहार एफ।एमले युवा खेलाडिहरुलाई गरेको सम्मान र प्रोत्साहनको प्रसंसा गर्नु भयो ।
कार्यक्रममा बाल्दै नेकपाका युवा नेता तथा एन्फा केन्द्रिय प्रबक्ता किरण राईले पछिल्लो समय देशमा नकरात्मक टिप्पणीहरु बढ्दो अबअस्थामा पुगेको बताउनु भयो । कतिपय संचारमाध्यमहरुले समाजमा भएका सकरात्मक पाटोलाई छोडेर नकरात्मक बिषयबस्तुको मात्रै उठान गर्ने गरेको प्रति चिन्ता व्यक्त गर्नु भयो । कुनै सकरात्मक विषयबस्तु सार्बजनिक भए त्यस बिषयमा कसैले पनि चासो नराख्ने तर नकरात्मक टिप्पणी रातारात भाईरल हुने अबस्था रहेको प्रति चिन्ता व्यक्त गर्नु भयो । राईले गाली गलौजमा समय खर्चिनु भन्दा पनि रचनात्मक ढंगले समाजलाई अघि बढाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सह सभापती बसन्तकुमार बस्नेतले बर्तमान सरकारले देशलाईनै लज्जाजनक अबअस्थामा पुर्याएको बताउनु भयो ।
विगतको निर्वाचनमा नेपाली कांग्रेसले पनि विकास र समृद्धिको लागि भोट मागेको र नेकपाले पनि विकास र समृद्धिकै लागि भोट मागे पनि आज दुई तिहाईको सरकार के मा रुमल्लीएको छ भन्ने उहाँको प्रश्न थियो । वर्तमान सरकारका प्रतिनिधिहरु जघन्य अपराधहरुमा संलग्न भएको र सभामुख पदबाटै राजिनामा दिनु पर्ने लज्जास्पद अबस्थाहरु सृजना भएको बताउनु भयो ।
उहाँले निर्मला हत्या प्रकरण, सुन काण्ड देखि बालुवाटारको जग्गा काण्ड सम्म विभिन्न अपराधिक र देशलाई हानी नोक्सानी हुने काममा सरकारका प्रतिनिधिहरु संलग्न भएको बताउनु भयो । सरकारले मिडिया काउन्सील बिद्येक देखि जनतालाई सास्ती हुने सम्मका विभिन्न काममा अग्रसर भएको प्रति सबै एकजुट भएर यसको विरोधमा उत्रनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्काले स्थानिय प्रशासनले चाड पर्वलाई लक्षित गरेर सुरक्षा योजना सार्वजनिक गरेको र नागरिकलाई ढुक्क भएर चाडपर्व मान्नको लागि आग्रह गर्नु भयो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बीर बहादुर बुढामगरले समाजमा विकृति जन्य क्रियाकलाप रोक्न प्रहरी लागी परेकोले प्रहरीलाई सहयोग गर्न आग्रह गर्नु भयो । उहाँले जुवा, तास लाई निरुत्साहित गरिने र कसैले खेले कानुन बमोजिम कार्वाहि गर्नका लागि पछि नहट्ने समेत बताउनु भयो ।
कार्यक्रममा गैसस महासंघका केन्द्रिय सल्लाहकार सृजना दनुवार, जिल्ला अध्यक्ष सुमन परियार, जिल्ला फुटवल संघ उदयपुरका अध्यक्ष रन्जन कार्की, त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष तथा उपहार एफ।एम संचालक समिति सदस्य रमेश विश्वकर्मा लगायतले शुभकामना मनतव्य राख्नु भएको थियो । कार्यक्रममा उपहार एफ।एमका संचालक समिति अध्यक्ष विश्वराज तामाङले उपहार एफ।एम नागरिकका लागि सूचना र मनोरञ्जन प्रदान संगै व्यवसायीक भएर अघि बढेको बताउनु भयो । उहाँले उपहार एफ।एम जनउत्तरदायी संचार माध्यमको रुपमा विकास भएर अघि बढेको बताउनु भयो । कार्यक्रममा उपहार एफ।एमका संचालक समिति सदस्य खेमराज दाहालले स्वागत मनतव्य राख्नु भएको थियो । कार्यक्रममा जनप्रतिनि, राजनैतिक दलका प्रतिनिधि, सुरक्षा निकाय प्रमुख, सामाजिक क्षेत्रका अगुवा, व्यवसायी, खेलाडि लगायतको सहभागीता रहेको थियो । त्रियुगा एक्सप्रेसबाट

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology