बुधबार, माघ ८, २०७६ Wednesday 22nd of January 2020

उपहारको उपहार योजना कार्की लाई खसी, कटुवालाई कुखुरा

१७६ पटक हेरिएको

उपहार न्यूज
उदयपुर असोाज १७
उपहार एफ.एम ९५.४ मेघाहर्जले दशै तिहार लक्षित उपहार योजना शुक्रबार सार्वजनिक गरेको छ । दशै, तिहार र छट पर्वको अबसरमा रेडियो मार्फत शुभकामना प्रदान गर्ने विज्ञापनदातालाई लक्षित गरेर संचालन गरिएको उपहार योजना शुक्रबार आयोजित एक कार्यक्रमका विच सार्वजनिक गरिएको हो ।
उपहार योजना अन्तर्गत प्रथम पुरस्कार खसी जिल्ला फुटवल संघ उदयपुरका अध्यक्ष तथा गाईघाट स्पोर्ट क्लबका प्रोपाईटर रन्जन कार्कीले प्राप्त गर्नु भएको छ । चिट्ठा नम्बर २७ रहेका कार्कीले उपहार योजना अन्तर्गत खसी र एक थान रेडियो उपहार प्राप्त गर्नु भएको हो । त्यसैगरी उपाहार योजना अन्तर्गत दोस्रो पुरस्कार रिलायबल लाईफ ईन्सुरेन्स गाईघाटका प्रमुख उमा कटुवालले प्राप्त गर्नु भएको हो । कटुवालको चिट्ठा नम्बर ४५८ मा रहेको थियो कटुवालले दुई वटा लोकल कुखुराको भाले र एक थान रेडियो प्राप्त गर्नु भएको छ ।
त्यसैगरी तेस्रो पुरस्कार करिश्मा होटल गाईघाटका करिश्मा थापाले जित्नु भएको छ, उहाँले एक थान हास र रेडियो प्राप्त गर्नु भएको छ । उहाँले ४५५ नम्बर चिट्ठा मार्फत सो पुरस्कार प्राप्त गर्नु भएको हो ।
त्यसैगरी १० जनालाई प्रदान गरिएको सान्तवना पुरस्कार अन्तर्गत चिट्ठा नम्बर ५१ जगदिश इम्पेक्स, चिट्ठा नम्बर ४७९ न्यू आशा ज्वेलर्स त्रिनपा ११, चिट्ठा नम्बर ४ जाल्पादेवी सप्लायर्स त्रिनपा ११
चिट्ठा नम्बर २६२ रामचेली टोल विकास संस्था त्रिनपा १०, चिट्ठा नम्बर २८ दिपक थापा त्रिनपा ३
चिट्ठा नम्बर ५ रुजी लेडिज टेलर्स त्रिनपा ११, चिट्ठा नम्बर ५५३ मनोज चौधरी त्रिनपा १, चिट्ठा नम्बर ४५१ राजकुमार शर्मा त्रिनपा ११, चिट्ठा नम्बर २५४ बालमन्दिर मावि बोक्से त्रिनपा १०, चिट्ठा नम्बर ४२ प्रकास कुमार खड्का त्रिनपा १० ले प्राप्त गर्नु भएको छ । उपहार विजेताहरुलाई नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सह सभापती बसन्तकुमार बस्नेत र एन्फा केन्द्रिय प्रवक्ता तथा नेकपा युवा नेता किरन राईले प्रदान गर्नु भएको थियो । त्रियुगा एक्सप्रेस दैनिक

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology