बिहिबार, कार्तिक २८, २०७६ Thursday 14th of November 2019

सवारी चालकलाई फुलमालाले सम्मान

९६ पटक हेरिएको

उपहार न्यूज
उदयपुर असोज १२
अक्सर सवारी चालकहरु प्रहरी देख्ने वित्तिकै टाढैबाट केहि संसकित हुने गर्छन् प्रहरीले दुर्घटना न्यूनीकरणका लागि गरिने कतिपय चेकजाँचमा पर्दा चालकहरु दिक्क मान्ने गर्छन् । कसैले सवारी अनुमती पत्र नहुदाँ त कसैले मापसे गरेर सवारी चलाउदा प्रहरीबाट दण्डित हुनु परेको सम्झदै सवारी चालकहरु प्रहरी देख्ने वित्तिकै सके सम्म भेट गर्न नपरे हुनथ्यो भन्ने सोच राख्छन् ।
तर तीनै प्रहरीले चालकलाई फुलमाला लगाएर सम्मान गरेको कमैले सुन्नु भएको होला आईतबार बिहान त्यस्तै दृश्य गाईघाट त्रियुगा बसपार्कमा देखा प¥यो । उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्का र प्रहरी प्रमुख प्रहरी उपरिक्षक धमाधम सवारी चालकहरुलाई फलमाला र अविर लगाई रहेका थिए ।

जिल्लाका सिडिओ र एसपीबाट फुलमाला र अबिर लगाउदाँ सवारी चालकहरु पनि मख्खै थिए समुदाय प्रहरी साझेदार कार्यक्रम अन्तर्गत सुरक्षित यात्राको शुभकामना प्रदान गर्नका लागि प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरिक्षकले यसरी चालकहरुलाई सम्मान गरेको दृश्य थियो ।
चाडपर्व नजिकिदै जाँदा चालक र यात्रुको सानो कम्जोरीले गर्दा संभावित सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि प्रहरीले सकरात्मक सोचको विकास गर्नका लागि यसरी चालकहरुलाई सम्मान गरिएको प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्काले बताउनु भयो ।

चाडपर्वमा तिब्र गती, मापसे लगायतका कारणले गर्दा सवारी दुर्घटना हुने संभावना बढ्ने भएकाले सवारी चालकहरुलाई संयमीत भएर सवारी संचालन गर्नका लागि आग्रह गरिदै सकरात्मकम सोचको विकास गर्नका लागि यस्तो अभियान संचालन गरिएको प्रजिअ खड्काले बताउनु भयो । त्रियुगा बसपार्कमा आयोजित कार्यक्रममा गाईघाटबाट लामो तथा छोटो दुरीका सवारी साधनका चालक तथा सह सचालहरुलाई सम्मान गरिएको थियो । कतिपय अबस्थामा सवारी चालक तथा सह चालकहरुले यात्रुहरुलाई दुव्र्यवहार गर्ने गरेको सामाजिक संजालहरुमा देखिने गरेकाले यात्रु प्रति सधै संयमीत भएर व्यवहार गर्नका लागि आग्रह गरिएको प्रहरी उपरिक्षक वीर बहादुर बुढामगरले बताउनु भयो ।

यात्रु प्रति सेवा भावले सवारी चालकहरुलाई व्यवहार गर्नका लागि आग्रह गरिएको छ, यात्रुहरुलाई पनि सवारी चालक तथा सह चालक प्रति नम्र व्यवहार गर्नका लागि आग्रह गरेका छौ जस्ले संभावित दुर्घटनाहरु निम्तनै नदिन सहयोग पुग्छ भन्ने विश्वास गरिएको प्रहरी उपरिक्षक मगरको भनाई छ ।
सवारी चालकहरुले पनि आफुहरुको पेशा सेवामुखी भएकाले यात्रुहरु प्रति सेवाभावका साथ व्यवहार गर्ने प्रतिबद्धता दिएका छन् । चाडवाडको समय संगै अन्य समय आफुहरुले सेवाभावका साथ काम गर्ने गरेको र सबैले त्यहि भावनाको विकास गर्दै अघि बढ्नु पर्ने सिटि सवाराी यातायात प्रा.लि उदयपुरका कोषाध्यक्ष टंक मगरले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय उदयपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले आयोजना गरेको कार्यक्रममा उदयराज खबास, विशाल खड्का, सुन्दर कार्की, भोजराज पोख्रेल र कृष्ण खड्कालाई सम्मान माला लगाएर सम्मान गरिएको थियो । अन्य चालक, सह चालक र यात्रुहरुलाई अबिर टिका लगाई यात्राको शुभकामना दिईको थियो । स्थानिय प्रशासनले यसरी सकरात्मक सोचको विकासका लागि आयोजना गरिएको कार्यक्रम आफैमा स्वागत योग्य रहेको यातायात व्यवसायीहरु बताउछन् । चाडपर्वमा सवारी चालक र यात्रुको सुरक्षा र सहजताको लागि शुक्रबारमात्रै गाईघाट स्थित त्रियुगा बसपार्कमा जिल्ला प्रहरी र ट्राफिक प्रहरीले संयुक्तरुपमा यात्रु साहयता कक्ष समेत संचालनमा ल्याएको छ । त्रियुगा एक्सप्रेस दैनिकबाट

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology