बिहिबार, कार्तिक २८, २०७६ Thursday 14th of November 2019

रिलायबल लाईफ ईन्सुरेन्सको धन फिर्ता योजना सार्वजनिक

४८ पटक हेरिएको

उपहार न्यूज
असोज ९
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको दोश्रो बर्ष पुरा गरि तेश्रो बर्ष प्रवेश गरेको अबसरमा आवधिक धन फिर्ता योजना “रिलायबल समुत्रति जीवन बीमा योजना” सार्वजनिक गरेको छ । नयाँ सार्बजनिक विमा योजना अन्तर्गत बीमितको ईच्छा अनुसार बार्षिक अथवा प्रत्येक चार बर्षमा बीमाङ्कको तोकिएको प्रतिशतले हुने अग्रिम भुक्तानी रकम प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
विमा योजना अनुसार कुनै कारणवस बीमा समाप्ति हुने मिति अगावै बीमितको मृत्यु भएमा अग्रिम बीमाङ्क भुक्तानी रकम कट्टा नगरि पुरा बीमाङ्क र नियमानुसारको बोनस बराबर रकम भुक्तानी दिईने कम्पनीले विज्ञप्ती मार्फत जानकारी गराएको छ । बीमा अवधि समाप्ति मिति सम्म बीमित जीवित रहेमा बांकी बीमाङ्क र नियमानुसारको बोनस रकम बीमित लाइ भुक्तानी दिइने योजना रहेको छ । रिलायब नेपाल लाईफ ईन्सुरेन्सको हाल ९२ वटा शाखा तथा उपशाखाहरु संचालनमा आईसकेको र निकट भविष्यमा ७७ वटै जिल्लामा कार्यालयहरु संचालनमा ल्याउने र देशै भरि आफ्नो उपस्थिती जनाई आधुनिक जीवन बीमा सेवाप्रदान गर्ने लक्ष्यका साथ कम्पनी अघि बढेको कम्पनीले जनाएको छ । योजनामा पाँच वटा ऐच्छिक सुबिधाहरु रहेको कम्पनीले जानकारी दिएको छ । जस अन्तर्गत बीमाशुल्क छुट सुबिधा, स्थायीपुर्ण अशक्तता सुबिधा, दुर्घटना मृत्युलाभ, घातक रोग सुबिधा, अस्पताल नगद सुबिधा समेत थपगरि लिन सकिनेछ । योजनाका साथ साथै कम्पनीले म्यादी, सावधिक र आजीवन बीमा अन्तर्गत विभिन्न आकर्षक योजनाहरु प्रचलनमा ल्याई सकेको कम्पनीका कर्पोरेट बजार प्रबन्धक युवराज शर्माद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । त्रियुगा एक्सप्रेस दैनिकबाट

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology