बुधबार, माघ ८, २०७६ Wednesday 22nd of January 2020

टिभिएसको दशै दौड

१५८ पटक हेरिएको

उपहार न्यूज
गाईघाट असोज ६
नेपाली अटोमोवाईल्सको बजार फराकिलो हुदै गएको समयमा नेपालको लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले बडादशैँ तथा दीपावलीको अवसरमा ग्राहकहरुलाइ लक्षित गरी सुरु गरेको टीभीएस दशैँको दौड स्किमका कार्यक्रमलाइ जारी राखेको छ ।
देशका प्रमुख १० शहरमा पुगेर टिभीएस क्विली बिट्स कार्यक्रम संचालन गर्दै आएको टिभिएसका बजार प्रबन्धक नवराज कोइरालाले जानकारी दिनु भयो ।
टिभीएसले सोमबार लहान चोकमा टीभीएस ह्विली बिट्स कार्यक्रम तथा दुइवटा आरटीआर १६० २भी र रेडन ११० लन्च समेत गरेको छ। कार्यक्रममा रास्ट्रिय बाइक राइडर सन्दिप क्षेत्री, प्रकाश अधिकारी भीम होना साथै गौरव पाठकले स्टन्ट शो प्रस्तुत गरेका थिए भने चर्चित हास्य कलाकार दिनेश काफ्लेको पनि प्रस्तुति रहेको थियो।
टिभिएसले पूर्वका इलाम, दमक, इटहरी, विर्तामोड र जनकपुरमा कार्यक्रम सकिएको छ भोली हेटौडामा कार्यक्रम रहेको जनाइएको छ ।
लाहानमा सोमबार आयोजित कार्यक्रममा कार्यक्रममा प्रमुख संघीय समाजवादी खेलकुद महासंघ प्रदेश न २ का अध्यक्ष तथा कराते प्रशिक्षक राजेश गुप्ता लहान टीभीएस शोरुम राज अटोका संचालक राज गुप्ता लगायतको उपस्थिति रहेको थियो । लाहान बजारमा आयोजित कार्यक्रममा झन्डै २ हजार जनाको सहभागिता रहेको कार्यक्रममा दर्शकले भरपुर मनोरन्जन लिएका थिए । यसैबीच, टीभीएसले दशैँ तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै दशैँको दौड योजना नेपाल भर ल्याएको छ । कम्पनीले आफ्ना सबै स्कुटर र मोटरसाइकलमा एक लाखसम्म छुट दिने योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बाइक वा स्कुटर किन्नु भन्दा पहिले घरैबाट टीभीएस नेपालको वेबसाइटमा लगइन गरी १ लाख रुपैयाँसम्म जित्न सकिने जनाईएको छ । योजनामा सहभागी भएर धेरै जनाले छुट पाईसकेका छन् । त्यसैगरी किन्न गइसकेपछि किन्नेबित्तिकै १०० प्रतिशत क्यास ब्याकको अफर दिने भएको छ । दुवै अफर स्क्र्याच कार्ड मार्फत उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology