आइतवार, मंसिर १, २०७६ Sunday 17th of November 2019

नेशनल लाईफ गाईघाट शाखाद्वारा व्यवसायी ‘लिडर’हरु सम्मानित

११८ पटक हेरिएको

उपहार न्यूजडेस्क
उदयपुर, भदौ २१ ।

नेपालको सबैभन्दा पूरानो बीमा कम्पनी नेशनललाईफ इन्स्योरेन्सको शाखा गाईघाटले आर्थिक वर्ष २०७५÷०७६ मा उत्कृष्ट व्यवसाय गर्ने व्यवसायी लिडरहरुलाई सम्मान गरेको छ । शाखा कार्यालयमार्फत जिम्मेवारी पूरा गर्दै कम्पनीको लक्ष्य पूरा गर्न सहयोग पु¥याएको भन्दै थप उत्प्रेरणाका लागि सम्मानित भएका हुन् ।

गाईघाटस्थित स्थानीय कोहबर होटलमा सम्पन्न सम्मानसँगै कम्पनीले ल्याएको नयाँ योजनाहरुबारे जानकारी दिने कार्यक्रमसमेत सम्पन्न भएको छ । एक सय बढी सहभागी रहेको कार्यक्रममा गतवर्ष बजारमा लन्च भएको नयाँ योजना सञ्जीवनी अमृत साबधिक जीवनबीमाबारे शाखा प्रमुख प्रेमकुमार राईले जानकारी दिएका थिए । त्यस्तै प्रमुख राईले कम्पनीले समग्र आर्थिक वर्ष २०७६÷७७ का लागि बजारमा ल्याएको प्याकेजबारे पनि जानकारी गराएका थिए ।

राईका अनुसार सञ्जीबनी अमृत बीमा योजना नामक सो योजना अन्य कम्पनीको तुलनामा पृथक छ । जसमा न्यूनतम शुल्कमै बीमा हुनेगर्छ । सो योजनाका लागि कम्तिमा २ लाखमाथि प्रिमियम हुनपर्ने प्राबधान रहेको छ । उमेर अवधि भने १२ वर्षदेखि ५६ वर्षसम्म तोकिएको छ । शाखा गाईघाटका अनुसार यसवर्ष गाईघाटबाट सबैभन्दा बढी श्यामचन्द्र राईले व्यवसाय गरेका छन् । त्यस्तै दोस्रो स्थानमा खेसबहादुर ज्यू ठकुरी, तेस्रो स्थानमा कान्ता शाही, चौथो पुरुषोत्तम राजधामी र पाँचो स्थानमा शुसीला धामीले व्यवसाय गर्न सफल भएका छन् ।

पत्रकारद्धय पनि सम्मानित
त्यस्तै शाखा स्थापनाकालदेखिनै समन्वय गर्दै बित्तिय खवर सम्प्रेषणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उदयपुरका दुई युवा पत्रकार पनि सम्मानित भएका छन् । सम्मानित हुनेमा उदयपुरबाटै प्रकाशन हुने त्रियुगा एक्सप्रेसका कार्यकारी सम्पादक देबराज राई र पूर्णपुष्टि साप्ताहिकका पत्रकार बिक्रम राई रहको छन् । उनीहरुलाई शाखा प्रमुख प्रेमकुमार राईले मायाको चिनो र चाँदीको सिक्काअंकित टोकन प्रदान गर्दै सम्मान गरेका थिए । कार्यक्रम दीपक राईले सञ्चालन गरेका थिए ।

कार्यक्रमको मुख्य झलकहरु

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology