बिहिबार, कार्तिक २८, २०७६ Thursday 14th of November 2019

बेल्टारमा तीज नृत्य प्रतियोगीता

१४७ पटक हेरिएको

अभिनास राई
बेल्टार भाद्र १६
उदयपुरको बेल्टारमा हरितालिका तीजको अबसरमा खुल्ला तीज नृत्य प्रतियोगीता सम्पन्न भएको छ । जुम्बा फिटनेश एण्ड डान्स सेन्टर बेल्टारको आयोजनामा तीज नृत्य प्रतियोगीता सम्पन्न भएको हो । बेलटार बसपार्कमा आयोजित कार्यक्रममा विभिन्न ९ समुहले सहभागीता जनाएका थिए । प्रतियोगीतामा रेश्मा राई र सुजता राईको समुहले प्रथम स्थान हासिल गरेका छन् । त्यसैगरी देविका राई र आरती राईको समुह दोस्रो र रुकु राई कार्की र सिवानी राईको समुहले तेस्रो स्थान हासिल गर्न सफल भएका छन् ।
प्रतियोगीताका प्रथम, दोस्रो र तेस्रो हुने समुहलाई क्रमश १०, ५ र तीन हजार पुरस्कार सहित चौदण्डिगढि नगरपालिकाका नगर प्रमुख खगेन्द्र राई र उप प्रमुख रिताकुमारी चौधरीले पुरस्कृत गर्नु भएको थियो । प्रतियोगीलाई पुरस्कारको प्रायोजन चौदण्डिगढि नगरपालिकाले गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै चौदण्डिगढि नगरपालिकाका प्रमुख खगेन्द्र राईले तीजको मौलिक सस्कृतिको जगेर्ना गर्नु पर्ने र सामाजिक कुरीतीहरुलाई हटाउदै लग्नु पर्नेमा जोड दिनु भएको थियो । कला संस्कृतिको जगेर्ना गर्नु आवश्यक रहेकाले यस किसिमको कार्यक्रमले निरन्तरता पाउनु पर्ने उहाँको धारना रहेको थियो ।
कार्यक्रममा चौदण्गिडढि नगरपालिका ६ का ८३ बर्षिय विष्णुमाय कटुवाललाई नगद दुई हजार सहित सम्मान गरिएको थियो । कार्यक्रममा चौदण्डिगढि नगरपालिकाका उप प्रमुख रिता चौधरी, शिवालय मन्दिर निर्माण समितिका अध्यक्ष राजेन्द्र पौडेल, उद्याग वाणिज्य संघका अध्यक्ष पवन कार्की, स्थानिय जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतको उपस्तिथी रहेको थियो ।
कार्यक्रममा गरिमा डान्स सेन्टर र जुम्बा फिटनेस क्लबद्धारा विभिन्न मनोरञ्जनात्मक नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमको लागि बेल्टार शिवालय निर्माण समिति, संयुक्त बुकिङ काउन्टर बेल्टार, श्रीपंचमी कन्स्ट्रक्सन प्रा.लि, कृप्सन यातायत, उ ट्रेडर्स एण्ड ग्लास हाउस, कृष्ण सप्लायर्स र सप्तोशी वचत तथा ऋण सहकारी संस्था लिमिटेड बेल्टारको सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा चौदण्डिगढि नगरपालिका क्षेत्रका महिलाहरुको ठूलो मात्रामा सहभागीता रहेको थियो कार्यक्रम जुम्वा फिटनेश एण्ड डान्स सेन्टरका सञ्चालक प्रेमजंग किरातीको अध्यक्षता रुकु राई कार्कीको स्वागत मनतव्य र उषा राईले संचालन गर्नु भएको थियो ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology