बिहिबार, कार्तिक २८, २०७६ Thursday 14th of November 2019

सुरु भयो गाईघाट सिभिल हस्पिटलमा डेलिभरीको सफल अप्रेशन, हाडजोर्नि उपचार प्रति विश्वास जित्दै

२०७ पटक हेरिएको

उपहार न्यूज
श्रावण १० उदयपुर
गाईघाट गाईघाटमा संचालमा रहेको गाईघाट सिभिल हस्पिटल प्रा.लिले डेलिभरीको सफल अप्रेशन गर्न सुरु गरेको छ । सिभिल हस्पिटलले बिहिबार त्रियुगा नगरपालिका ६ का शंकर चौधरीका श्रीमती विमला चौधरीको बिहिबार स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. एम.डि अजिजको समुहले सफल सल्यक्रिया गरी ४.५ केजीको बच्चालाई जन्म दिन सफल भएको छ । आमा र बच्चाको अबस्था समेत सुरक्षित र स्वस्थ रहेको हस्पिटलले जनाएको छ । २०७५ फागुन २ गतेबाट संचालनमा आएको गाईघाट सिभिल हस्पिटलले पछिल्लो समय प्रसुती सेवामा सफलता पाए संगै हस्पिटल प्रति नागरिकको जनविश्वास समेत बढ्दो अबस्थामा रहेको छ ।
गाईघाट सिभिल हस्पिटलमा हाडजोर्नीको उपचारको लागि विभिन्न स्थानबाट उपचार गराउन आउनेको संख्या पनि दिन प्रतिदिन बढ्दो अबस्थामा रहेको हस्पिटलका प्रबन्धक निर्देशक राम कुमार गुरागाईले बताउनु भयो । गाईघाट सिभिल हस्पिटलमा हाड जोर्नी नशा तथा बाथ रोग विशेषज्ञ डा. संजय कुमार साहको उपचार बाट सेवाग्राहिरु सन्तुष्ट हुने गरेका छन् । जटिल भन्दा जटिल हाड जोर्नी तशा तथा बाथ रोगको समेत उपचार हुने भएकाले गाईघाटमा उदयपुर संगै खोटाङ, भोजपुर, सिराह, सप्तरी, मोरङ, सुनसरी, जनकपुर लगायतका स्थान देखि विरामीहरु उपचारको लागि आउने गरेको छ । हस्पिटलले जेनरल फिजिशियन, स्त्री रोग तथा प्रसुती रोग विशेषज्ञ सेवा, हाड जोर्नि तथा बाथ रोग विशेषज्ञ सेवा, एनेश थेसिया तथा क्रिटिकल केयर सेवा, रेडियो लोजिष्ट, भिडियो एक्सरे, कमप्युटर लाईज ल्याब, एक्सरे सेवा, फार्मेशी तथा २४ सै घण्टा  सेवा प्रदान गर्दै आएको छ ।

smart

हस्पिटलले चाडै सिटि स्क्यान सहितको सेवा संचालनको तयारी गरेको छ, हस्पिटलले एपेन्डिक्स, हर्निया, हाईड्रोशिल लगायतको समेत सफल उपचार भैरहेको हस्पिटलले जनाएको छ । अत्याधुनिक अप्रेशन मेशिनहरु सहित संचालनमा रहेको हस्पिटललमा अत्याधुनिक ल्याब, भिडियो एक्सरे संगै अब चाडै सिटि स्क्यान सहितको सेवा समेत सुरु गर्ने तयारी रहेको हस्पिटल व्यवस्थापनले जनाएको छ ।
गाईघाट सिभिल हस्पिटल संचालनमा आए संगै स्थानियको जनविश्वास जित्दै हस्पिटलले विरामीहरुलाई दिने सेवा पनि प्रभावकारी हुदै गएको स्थानिय नागरिक मोहरबक्स अलिले बताउनु भयो ।
उदयपुरमा हाल सम्मको सबै भन्दा ठूलो लगानीमा सुरु भएको हस्पिटल गाईघाट सिभिल हस्पिटल संचालनमा आए संगै विभिन्न किसिमका उपचारको लागि धरान, विराटनगर, काठमाण्डौ लगायतका स्थानमा ठूलो रकम खर्च गरेर जानु पर्ने बाध्यता टर्दै गएको स्थानिहरुको भनाई रहेको छ ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology