आइतवार, मंसिर १, २०७६ Sunday 17th of November 2019

शिक्षा, स्वास्थ्य र व्यवसायीक कृषि चौदण्डिगढि नगरपालिकाको प्राथमिक्ता

७७ पटक हेरिएको

आर्थिक बर्ष २०७५/०७६ को अन्त संगै स्थानियतहहरु आगामी आर्थिक बर्षको लागि बजेट तथा योजनाहरु निर्माण गर्न व्यस्त रहेको छ । असार १० गते नगर सभा सुरु गरे संगै आगामी आर्थिक बर्षका लागि स्थानिय सरकार मार्फत पूर्ण बजेट तथा कार्यक्रम बनाउनका लागि स्थानिय सरकारहरु तयारी छन् । उदयपुरका स्थानिय तह मध्ये उदयपुरको चौदण्डिगढि नगरपालिकामा पनि आगामी आर्थिक बर्ष २०७६/०७७ लागि बजेट तथा कार्यक्रमको अन्तिम तयारीमा पुगेको छ । यस सन्दर्भमा चौदण्डिगढि नगरपालिका प्रमुख खगेन्द्र राई संग गरिएको छोटो कुराकानीको अंश प्रस्तुत छ ।

चालु आर्थिक बर्षमा चौदण्डिगढि नगरपालिकाले हासिल गरेको उपलब्धीहरु के के हुन् ?
नगर प्रमुख ः
पहिलो कुरा त वर्तमान संबिधानलाई जनताले अपनत्व महसुस गराउनका लागि स्थानिय सरकारले गरेको काम र तीन तहका सरकार अनुरुप अभ्यास भईरहेको सरकारलाई हामीले हाम्रो लागि हामीले बनाएको संयन्त्र हो भन्ने नागरिक स्तरमा नजिकबाट महशुस गराउनका लागि नगरपालिका लागि परेको छ ।
त्यसै अनुरुप शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार विकास संगै सामाजिक सुरक्षा अन्तर्गत नेपाल सरकारले तोकेको ८ वटा दिर्घरोगीहरुको लागि उपचार सहयोग स्वरुप दुई करोड सहयोग गरेका छौ । एक घर एक धाराको निति लिएर पूर्ण अनुदान दिएर निःशुल्क धारा जडान गर्ने काम गरिएको छ । मुख्यतया खेलकुद विकास, सडक विस्तार, शैक्षिक संस्थाहरुमा भवन निर्माण, बालबालिकाहरुलाई शिक्षाको पहुच बढाउने काम संगै आर्थिक सहयोग संगै नगरपालिका क्षेत्रमा सबै स्थानमा सडक र विजुली पुर्याएका छौ । यतिवेला चौदण्डिगढि नगरपालिकाको सबै वडा वडामा सडक र विजुली पु¥याउनका लागि सफल भएका छौ ।

स्थानिय चहहरुलाई चालु आर्थिक बर्षमा नगरपालिकाले झेल्नु परेको चुनौतीहरु
नगर प्रमुख ः
हामीले त्यस्तो चुनौतीहरु रहेन, साझेदारीमा गर्नु पर्ने केहि कामहरु खड्किएको जस्तो भयो तर हामीले बनाउनु पर्ने कानुनहरु हामीले बनाउनु पर्ने ब्यबहारिक निति तथा कार्यक्रमहरुमा त्यस्तो अप्ठ्यारो स्थिती खेप्नु पर्ने अबस्था रहेन ।

आगामी आर्थिक बर्षको लागि कस्ता योजनाहरु निर्माण हुदैछन् ।
नगर प्रमुख ः
आगामी आर्थिक बर्षको लागि हाम्रो निति तथा कार्यक्रम पनि आईसेको छ हामीले विशेषगरी शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिक्तामा राखेका छौ । शिक्षा र स्वास्थ्यलाई चुस्त दुरुस्त राखेर कृषिलाई आधुनिकीकरण र व्यवसायीक बनाएर आयमुलक कार्यक्रम संग जोड्दै, युवाहरुलाई केन्द्रित गर्दै गर्दै खेलकुदको माध्यमबाट युवाहरुलाई सक्रिय बनाएर सामाजिक क्रियाकलापमा सक्रिय बनाउन युवा केन्द्रित बजेट समेत निर्माण गरेर अघि बढ्का छौ ।

जनस्तरबाट कस्ता योजनाहरु माग भएर आएका छन् ।
नगर प्रमुख ः
जनस्तरबाट घर सानो भन्दा सानो योजनाहरु माग भएर आएका छन् तर हामीले वृहतरुपमा सबैलाई समेट्न खाल्को योजनाहरु निर्माण गर्ने तयारीमा छौ । जस्तो घर छेउ छाउको सडक स्तरउन्नती, नाली निर्माण लगायतका योजनाहरु आएका छन् तर हामीले समग्रमा ठूलो जनसंख्यालाई हित हुने किसिमका योजना निर्माण गर्ने तयारीमा जुटेका छौ ।

नगरपालिकाको योजनाका प्राथमिक्ताहरु के के हुनेछन् ?
नगर प्रमुख ः
हामीले विगतका क्रमागत योजनाहरुलाई निरन्तता दिने नयाँ सडक ट्रयाकहरु खोल्ने निर्माण सुरु भएका योजनाहरुको स्तरउन्नती गर्ने संगै नगरपालिकाको आफ्नै भवन निर्माणको लागि समेत जुटेका छौ । समग्रमा नगरपालिका क्षेत्रका नागरिकको माग र आवश्यक्ताको पहिचान गरेर समग्र विकासको लागि हुने किसिमको कार्यक्रममा जुट्ने तयारीमा छौ ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology