बिहिबार, कार्तिक २८, २०७६ Thursday 14th of November 2019

मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा वेलकामा आँखा उपचार तालिम र विद्यार्थी आँखा जाँच

७२६ पटक हेरिएको

विश्वराज तामाङ
वेलका असार ५
मेची आँखा अस्पतालको प्राविधिक सहयोग तथा वेलका नगरपालिकाको आयोजनामा वेलका नगरपालिकामा आँखा उपचार तालिम र स्थानिय विद्यालयहरुमा निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ । मेची आँखा अस्पताल झापाको प्राविधिक सहयोगमा वेलको नगरपालिका विभिन्न क्षेत्रलाई समेटेर आँखा उपचार तालिम आयोजना गरिएको हो । आँखा संबन्धि प्राथमिक उपचारको अभावमानै कतिपय अबस्थामा आँखाको ज्योती गुमाउनु पर्ने अबस्थालाई मध्यनजर गर्दै प्राथमिक उपचार तालिम प्रदान गरिएको मेची आँखा अस्पताल झापाका नेत्र अधिकृत कविता कडरिया कार्कीले जानकारी दिनु भयो ।
आँखा अस्पतालले आँखा उपचार तािलम असार २ गते स्थानिय महिला स्वास्थ्य स्वंमसेविका, असार ३ गते वेलका नगरपालिका क्षेत्रका विभिन्न सामुदायीक विद्यालयका शिक्षक शिक्षिकाहरु, असार ४ गते नगर क्षेत्रका विभिन्न स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरिएको थियो । तालिममा स्वास्थ्य शिक्षा संयोजक युवराज बोहोरा, नेत्र अधिकृत कविता कडरिया कार्कीले सहजीकरण गर्नु भएको थियो ।
यता बिहिबार सप्तकौशिका मावि भागलपुरमा विद्यार्थी निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालयमा अध्यानरत ५९५ जना विद्यार्थीहरुको आँखा जाँच गरिएको छ, जस मध्ये ८ जनामा दुर दृष्टि भेटिएको छ । कार्यक्रम अन्तर्गत शुक्रबार प्रभाकरी मावि पोखरी वेलका ५ मा विद्यार्थीहरुको लागि आँखा जाँच गरिने जनाईएको छ ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology