बिहिबार, कार्तिक २८, २०७६ Thursday 14th of November 2019

असोकको सानु बजारमा

५१ पटक हेरिएको

उपहार न्यूज
गाईघाट असार १
सात महिना अघि मात्रै कान्छि ल्याएका गायक असोक सिवा यतिवेला सानु ल्याउने तयारीमा छन्, कान्छि संग सन्तुष्टि पछि गायक सिवाले सानु ल्याउन लागेका हुन् । तर गायक सिवाले ल्याएको कान्छि र ल्याउन लागेको सानु भने विलकुलै फरक हो, मोफसलबाट सांगीतिक क्षेत्रमा संघर्ष गर्दै राजधानी छिरेका गायक असोक सिवाले यतिवेला सानु वोलको गीत लिएर नेपाली स्रोता माझ आउने तयारीमा छन् । विकास जंग न्यौपानेको रचनामा आफ्नै संगीतमा सिवाले स्वर भरेका छन् । राजधानीको ड्रिम्स स्टुडियोमा रेकर्डिङ गरेको गीत म्यूजिक भिडियो समेत अन्तिम तयारीमा छ । सोमबारबाट युट्बमा सार्वजनिक गर्ने तयारीमा रहेको म्युजिक भिडियोमा सारा सिर्पाली, मौसम खड्का, रियाज आचार्य र विकासजंग न्यौपानेको अभिनय देखिने छ ।
गायक असोक सिवाको पहिलो गीत ए कान्छिबाट भिडियो निर्देशन सुरु गरेका प्रदिप चौधरीलेनै यस पटकको म्युजिक भिडियो समेत निर्देन गरेका छन् ।
गत कात्तिकमा आफ्नै शब्द संगीतमा सार्वजनिक ए कान्छि वोलको गीत समेत चौधरीले निर्देशन गरेका थिए, युट्बमा दुई लाख ६० हजार भ्युज बटुल सफल उक्त भिडियोमा सारा सिर्पाली, रियाज आचार्य, धिरज आचार्य र करण श्रेष्ठको भुमिका पाउन सकिन्छ ।
उदयपुर गाईघाटबाट डेढ दश अघिबाट सांगीतिक क्षेत्रमा लागेका असोक उदयपुरको लोकप्रिय किनारा व्याण्डका मुख्य भोकलिष्ट समेत हुन् । हाल सम्म आफ्नै शब्द संगीतका १० बढि गीत रेकर्ड गरी सकेका असोकले यस अघि रक सेन्टिमेण्टल गीतहरु सार्वजनिक गरेका थिए । एक बर्ष देखि राजधानीमा संगीतकै लागि संघर्ष गरीरहेका गायक सिवाले छोटो अवधिमानै युवा पुस्ता माझ लाकेप्रिय गीतहरु सार्वजनिक गरीरहेका छन् । उनी यतिवेला विभिन्न मेला महोत्सव देखि विभिन्न कार्यक्रमहरुमा समेत छाउन थालेका छन् ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology