शुक्रबार, जेष्ठ १६, २०७७ Friday 29th of May 2020

काँग्रेस नेता कोईरालाद्वारा उदयपुरमा विपन्न परिवारका लागि ३० कुईन्टल चामल सहयोग

९९ पटक हेरिएको

उपहार सम्वाददाता- उदयपुर, वैशाख ३१ ।
नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोईरालाले उदयपुरका गरीव मजदुरहरुका लागि ३० क्यूण्टल चामल सहित माक्स तथा सावुन सहयोग गर्नु भएको छ ।
आफु संरक्षक रहेको “नोना कोईराला स्मृति प्रतिष्ठान” मार्फत उहाँले त्रियुगा नगरपालिकाका विशेष गरी झुल्केमा लक डाउनका कारण समस्यामा परेका गरीव, विपन्न मजदुरहरुलाई वितरण गर्न भन्दै उहाँले चामल लगायतका राहत प्रदान गर्नु भएको हो ।

उहाँले त्रियुगा नगरपालिकामा काँग्रेसका तर्फबाट मेयरका प्रत्यासी रहनु भएका वसन्त वस्नेतलाई राहत सामाग्री हस्तान्तरण गर्नु भएको डाक्टर कोईरालाका स्वकिय सचिव दिनेश थपलियाले जानकारी दिनु भयो । उदयपुरको समस्या लिएर कोईराला निवास पुगेका वस्नेत सहितको टोली मार्फत उहाँले राहत सामाग्री दिनु भएको स्वकिय सचिव थपलियाले बताउनु भयो । उदयपुरको त्रियुगा नगरपालिका स्थित भुल्केमा कोरोना संक्रमित धेरै भए पछि त्यहाँका विपन्न तथा मजदुर वर्गहरु समस्यामा परेका छन् ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology