शुक्रबार, जेष्ठ १६, २०७७ Friday 29th of May 2020

कटारीका खानेपानीका ग्राहकले महसुलमा २५ प्रतिशत छुट पाउने

४० पटक हेरिएको

कटारी, वैशाख ३१ । कटारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको वैठक बुधवार सम्पन्न भएको छ । समितिका अध्यक्ष दोजराज पौडेलको अध्यक्षतामा वसेको वैठकले लक डाउनका कारण उपभोक्तालाई मार परेको भन्दै वैशाख महिनाको पानीको महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । समितिका अध्यक्ष पौडेलले भन्नुभयो, –“हामीले चैत्र महिनाको सम्पूर्ण महसुल छुट दिने निर्णय यस अघि कै वैठकमा गरी सकेका छौं ।

देशमा कोरोनाको संक्रमण बड्दै गएको र लक डाउन अझै बढ्ने भएकोले उपभोक्तालाई राहत स्वरुप वैशाख महिनाको महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेका हौं ।” उहाँले महसुल बुझाउन बाकी रहेका उपभोक्ताहरुले जेष्ठ मसान्त सम्म सवै महसुल बुझाएमा छुट प्राप्त गर्न सक्ने बताउनु भयो ।
कटारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले कटारीका १ हजार ४ सय घर दुरीमा शुद्ध पिउने पानी वितरण गरी रहेको छ ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology