शुक्रबार, जेष्ठ १६, २०७७ Friday 29th of May 2020

विपन्न परिवारलाई कांग्रेस नेता बस्नेतको समन्वयमा राहात

४४ पटक हेरिएको

उपहार न्यूज
उदयपुर बैशाख ३०
त्रियुगा नगरपालिका ६ लालपत्ता र पात्लेका स्थानिय २५ घर परिवारलाई नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सह सभापती बसन्तकुमार बस्नेतको समन्वयमा राहात सामाग्री प्रदान गरिएको छ । त्रियुगा माध्यमीक विद्यालयको २०४३ एस.एल.सी ब्याजका पूर्व विद्यार्थीहरुद्धारा संकलित रकमबाट स्थानिय नागरिकहरुलाई राहात सामाग्री उपलब्ध गराईएको हो ।
लकडाउनका कारण खाद्यन्न संकट झेल्दै आएका स्थानियहरुलाई कांग्रेस नेता बस्नेतको समन्वयमा राहात सामाग्री उपलब्ध गराईएको हो । स्थानियहरुलाई १० केजी चामल, चिउरा, मुरी, तेल, नुन दाल र साबुन लगायतका सामाग्री हस्ताणतरन गरिएको हो । कोरोना भाईरसको संक्रमण फैलन नदिनको लागि सरकारले आव्हान गरेको लकडाउनका कारण प्रभावित नगरबासीहरुलाई नेता बस्नेतले विभिन्न क्षेत्रको समन्वयमा यस अघि पनि राहात हस्ताणतरन गरिसक्नु भएको छ ।
नेता बस्नेतले त्रियुगा नगरपालिका क्षेत्रका विपन्न करिब एक हजार परिवारलाई राहात सामाग्री प्रदान गरि सक्नु भएको छ ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology