शुक्रबार, जेष्ठ १६, २०७७ Friday 29th of May 2020

रोटरी क्लबद्धारा उदयपुरमा स्वास्थ्य सामाग्री हस्ताणतरन (फोटो फिचर सहित)

६६ पटक हेरिएको

उपहार न्यूज
उदयपुर बैशाख २७
रोटरी क्लब अफ गोंगबुले उदयपुरमा कोरोना भाईरसको संक्रमण थप फैलन नदिन अग्रपंक्तिमा रहेर काम गर्ने विभिन्न निकायहरुलाई ठूलो परिमाणमा स्वास्थ्य सामाग्री हस्ताणतरन गरेको छ । रोटरी क्लब अफ गोंगबुले नेपाल पत्रकरा महासंघ उदयपुर, जिल्ला प्रहरी कार्यालय, त्रियुगा नगरपालिका र जिल्ला अस्पताल उदयपुरलाई स्वास्थ्य सामाग्री हस्ताणतरन गरेको हो ।
शुक्रबार काठमाण्डौ देखि रोटरी अध्यक्ष महेश बस्नेत नेतृत्वको टोलीले पत्रकरा महासंघ उदयपुरलाई पिपिई १५ थान, ग्लोबस १०० जोर, स्यानिटाईजर ५० पिस, माक्स एक हजार थान र फ्रेस माक्स एक सय थान उपलब्ध गराएको हो । सो क्रममा नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले विषयम परिस्तिथीमा सहयोग प्रति धन्यावाद ज्ञापन गर्नु भएको थियो ।


यता उदयपुर जिल्ला अस्पतालको लागि पिपिई १५ सेट, ग्लोबस एक सय जोर, ह्याण्डवास लिक्वीड १ जार, मास्क एक हजार थान र फ्रेस माक्स ५० थान उपलब्ध गराएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष खड्ग परियारले विभिन्न सामाजिक संघ संस्थाले गरेको यस किसिमको सहयोगले स्वास्थयकर्मीहरुको मनोवल उच्च हुने बताउनु भयो । यता त्रियुगा नगरपालिकालाई पिपिई १५ सेट, ग्लोब एक सय जोर, ह्याण्ड वासिङ १ जार, माक्स एक हजार थान, र फ्रेस माक्स ५० थान नगर प्रमुख वलदेव चौधरीलाई हस्ताणतरन गरिएको छ । यता जिल्ला प्रहरी कार्यालय उदयपुरलाइ पिपिई १५ सेट, ग्लोब एक सय जोर, ह्याण्डवास जार १ थान, माक्स एक हजार थान र फ्रेस माक्स एक सय थान प्रहरी प्रमुख वीर बहादुर बुढामगरलाई हस्ताणतरन गरिएको छ । कोरोना भाईरसको जोखिम न्यूनीकरण गर्नका लागि संक्रमणको समयमा अग्रपक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, संचारकर्मी र सुरक्षाकर्मीका लागि सामाग्री प्रदान गरिएको रोटरी क्लब अफ गोंगबुका अध्यक्ष महेश बस्नेतले जानकारी दिनु भयो ।
रोटरी क्लबका तर्फबाट अध्यक्ष महेश बस्नेत सहित उपाध्यक्ष महेश्वरमानसिंह बस्नेत सचिव सुदिप बस्नेत सहितको टोलीले करिब चार लाख रुपैया बराबरको सामाग्री उदयपुरमा हस्ताणतरन गरेको हो ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology