शुक्रबार, जेष्ठ १६, २०७७ Friday 29th of May 2020

राष्ट्रपती भण्डारी र सांसद डा. खड्का विच भेटवार्ता

२८८ पटक हेरिएको

उपहार न्यूज
उदयपुर बैशाख २७
राष्ट्रपती विद्यादेवी भण्डारी संग उदयपुरका सांसद डा. नारायण खड्काको आज एक घण्टा लामो भेटवार्ता सम्पन्न भएको छ । उदयपुर प्रतिनिधि सभा १ का सांसद तथा पूर्वशहरी विकास मन्त्री डा. खड्काले राष्ट्रपती समक्ष उदयपुरमा कोरोना भाईरसको संक्रमित फेला परे संगै जनजीवन प्रभावित बन्दै गएको बिषयमा जानकारी गराउनु भएको थियो ।
बिहान ११ बजे राष्ट्रपती निवासमा भएको भेटवार्तामा डा. खड्काले पछिल्लो समय कोरोना भाईरसको संक्रमणको जोखिममा रहेको उदयपुरको बिषयमा जानकारी गराउनु भएका थियो । उहाँले भुल्के लगायतका उदयपुरका संभावित संक्रमीत क्षेत्रमा परिक्षण गराई राहातको उचित व्यवस्थापन गर्न सरकारलाई आवश्यक निर्देशन दिनका लागि राष्ट्रपती समक्ष आग्रह समेत गर्नु भएको थियो ।
भेटवार्ताको क्रममा राष्ट्रपती भण्डारीले उदयपुरको बिषयमा आफु चिन्तीत भएको र सरकारका अंगहरुलाई सो बिषयमा गम्भीर हुन आग्रह गरिने बताउनु भयो । डा. नारायण खड्काले यस अघि प्रधानमन्त्री केपी शर्मा ओली संग पनि उदयपुरको समस्याको बिषयमा छुट्टै भेट गर्दै समस्याको बिषयमा सरकार गम्भीर हुनका लागि आग्रह गर्नु भएको थियो ।
यस अघि प्रधानमन्त्री र स्वास्थ्यमन्त्री संगको संवाद पश्चात उदयपुरमा पिसिआर किटको पठाई स्वास्थ्य परिक्षण भैरहेको र शुक्रबारमात्रै स्वास्थ्यमन्त्री मन्त्री भानुभक्त ढकाल संग स्वास्थ्यकर्मी सहितको स्वास्थ्य सामाग्री पठाउनका लागि आग्रह गर्नु भएको थियो ।
केहि दिन भित्र नेपाली सेनाको हेलीकप्टर मार्फत स्वास्थ्य सामाग्री र स्वास्थ्यकर्मी उदयपुरमा आईपुग्ने समेत आस्वासन प्राप्त भएको डा. खड्काले उपाहार न्यूज संग बताउनु भयो । यता प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई लगायत प्रदेश सरकार संग संबाद भैरहेको डा. खड्काले बताउनु भयो । राजधानीमा रहेर सरकारका माथिल्लो निकाय सम्म पहलकदमी गरीरहनु भएका डा. खड्काले एक साता अघि मात्र कोरोना संक्रमित क्षेत्र भुल्केको स्थलगत अवलोकन गर्दै स्थानियको समस्या बुझ्नु भएको थियो ।
डा. खड्काले उदयपुरमा स्वास्थ्य सामाग्री तथा खाद्यन्न सामाग्री समेत उपलब्ध गराउदै आउनु भएको छ ।
उदयपुरको बेलका नगरपालिका, चौदण्डिगढि नगरपालिकालाई र त्रियुगा नगरपालिकामा दुई दुई हजार, कटारी नगरपालिकालाई एक हजार र ताप्ली गाउँपालिकालाई पाँच सय किलो चाम डा. खड्काले यस अघि आफ्नो व्यक्तिगत खर्चबाट हस्ताणतरन गर्नु भएको छ ।
यता जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत जिल्ला स्थानिय तहका लागि पिपिई सहितको स्वास्थ्य सामाग्री हस्ताणतरन, डा. नारायण खड्काकै व्यक्तिगत सहयोग स्वरुप शुक्रबार (बैशाख २६ गते) त्रियुगा नगरपालिका वडा नम्बर ३ का ६० घर विपन्न परिवारलाई त्रियुगा नगरपालिका उपप्रमुख देवीकुमारी चौधरी, वडा नम्बर ३ का वडाध्यक्ष अबधेश चौधरी र वडा नम्बर १० का वडाध्यक्ष प्रकास कुमार खड्काको उपस्तिथीमा खाद्यन्न सहितको राहात हस्ताणतरन गरिएको छ । त्यसैगरी वडा नम्बर १२ का स्थानिय सदा बस्तीका १५ परिवारलाई समेत डा. खड्काको व्यक्तिगत लगानीमा राहात प्रदान गरिने कार्यक्रम रहेको त्रियुगा वडा नम्बर १० का वडाध्यक्ष प्रकास कुमार खड्काले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology