शुक्रबार, जेष्ठ १६, २०७७ Friday 29th of May 2020

विकास संगै विपदका सारथी डा. नारायण खड्का

२५७ पटक हेरिएको

विश्वराज तामाङ
उदयपुर बैशाख २६
विकासका गर्नका लागि कुशल नेतृत्वको आवश्यक्ता पर्दछ, कुशल नेतृत्व पाउन यतिवेला नेपाली समाजमा मुस्कील प्राय छ । जनताबाट चुनिएका जनप्रतिनिधि जनताकै विकासको लागि तल्लीन भएर लाग्नु पर्ने जनताले म्यानडेट दिएका हुन्छन् । उदयपुरमा विकासको पर्यावाचीनै भन्दा फरक नपर्ने एउटा नेतृत्व हो डा. नारायण खड्का, अन्य समयमा विकासवादी नेताको रुपमा परिचिति डा. खड्का यतिवेला विपदको समयमा समेत उदयपुरबासीका एक्ला सारथी भन्दा फरक नपर्ला । नेपाली राजनितिमा विकासप्रेमी नेताको परिचय स्थापित गर्न सफल नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. नारायण खड्का उदयपुरबासीका माझ विकासबादी नेताको रुपमा परिचित नाम हो । उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने पूर्व शहरी विकास मन्त्री समेत रहनु भएका डा. खड्का आफ्नो निर्वाचन क्षेत्रमा आउदा विकासबादी नेताको परिचय स्थापित गर्न सफल डा. खड्का यतिवेला विश्वव्यापी महामारी कोरोना भाईरस संग नेपालीहरु लडि रहेको अबस्थामा डा. नारायण खड्का उदयपुरका नागरिकको लागि एक्लो सारथी बनेर काम गरिरहनु भएको छ भन्दा फरक नपर्ला ।
नेपालमा सबै भन्दा बढि कोरोना संक्रमित फेला परेर उदयपुरलाई इपिसेन्टरको रुपमा लिईरहेको समयमा डा. खड्काले राष्ट्रपती विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई उदयपुरको बिषयमा गम्भीरताका साथ समस्याको दर्शाउदै आउनु भएको छ ।
त्यहि भेट र संवादको परिणाम स्वरुप भुल्केमा परिक्षण नभएर आतंकीत भएको जनताको थप परिक्षण भएको छ, यता बैशाख २६ मा फेरी स्वास्थ्य मन्त्री भानुभक्त ढकाल संग भेटेर थप परिक्षण र उपकरण उदयपुर पठाउन डा. खड्काले अनुरोधन गर्नु भएको थियो ।
लकडाउनबाट प्रभावित राजधानीमा बसोबास गर्ने उदयपुरबासी नागरिकहरुलाई खाद्यन्न देखि जिल्ला फर्काउने र जिल्लाका विभिन्न स्थानिय तहमा खाद्यन्न सहयोग गर्ने काममा समेत डा. खड्काले विपदको घडिमा उदयपुरबासीको लागि लगाएको गुण हो ।
उदयपुरको बेलका नगरपालिका, चौदण्डिगढि नगरपालिकालाई र त्रियुगा नगरपालिकामा दुई दुई हजार, कटारी नगरपालिकालाई एक हजार र ताप्ली गाउँपालिकालाई पाँच सय किलो चाम डा. खड्काले यस अघि आफ्नो व्यक्तिगत खर्चबाट हस्ताणतरन गर्नु भएको छ ।
यता जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत जिल्ला स्थानिय तहका लागि पिपिई सहितको स्वास्थ्य सामाग्री, त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्के क्षेत्रका नागरिकहरु संग प्रत्यक्ष रुपमा स्थलगत अवलोकन र स्थानियको समस्या सरोकारवाला निकाय सम्म पु¥याउने काममा डा. खड्का लागि रहनु भएको छ । यता डा. नारायण खड्काकै व्यक्तिगत सहयोग स्वरुप शुक्रबार (बैशाख २६ गते) त्रियुगा नगरपालिका वडा नम्बर ३ का ६० घर विपन्न परिवारलाई त्रियुगा नगरपालिका उपप्रमुख देवीकुमारी चौधरी, वडा नम्बर ३ का वडाध्यक्ष अबधेश चौधरी र वडा नम्बर १० का वडाध्यक्ष प्रकास कुमार खड्काको उपस्तिथीमा खाद्यन्न सहितको राहात हस्ताणतरन गरिएको छ ।
त्यसैगरी वडा नम्बर १२ का स्थानिय सदा बस्तीका १५ परिवारलाई समेत डा. खड्काको व्यक्तिगत लगानीमा राहात प्रदान गरिने कार्यक्रम रहेको त्रियुगा वडा नम्बर १० का वडाध्यक्ष प्रकास कुमार खड्काले जानकारी दिनु भयो । उता उदयपुरको समस्याको बिषयमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई गम्भीरताका साथ ध्यानकर्षण गराई रहेको र अन्तराष्टिय जगत समेत आफुले उदयपुरको बिषयमा निरन्तर समन्वय सहकार्य गरीरहनु भएको छ । उदयपुरका अधिंकास विद्यालय तथा क्याम्पस भवन, स्वास्थ्य संस्था तथा सामाजिक निकायहरुमा एम्बुलेन्स, ग्रामीण सडक विस्तार, पक्की पुल निर्माण देखि सगरमाथा विमानस्थल निर्माण सम्मका काममा डा. खड्काको पहलको प्रशंसा गर्न सकिन्छ ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology