शुक्रबार, जेष्ठ १६, २०७७ Friday 29th of May 2020

१९२ औ रेडक्रस दिवश उदयपुरमा पनि मनाईयो

९५ पटक हेरिएको

उपहार न्यूज
उदयपुर बैशाख २६
रेडक्रस स्थापनाको १९२ औ बर्ष पुरा भएको छ उदयपुरमा पनि १९२ औ रेडक्रस दिवश एक कार्यक्रमका विच मनाईएको छ । जिल्ला शाखा उदयपुरले जिल्ला कारागारका कैदी बन्दीहरुका लागि विभिन्न सामाग्री हस्ताणतरन गर्दै दिवश मनाएको हो ।
जिल्ला कारागार उदयपुरका कैदीबन्दीहरुको लागि २०० थान झुल, २० थान बाल्टीन, २०० थान सर्जिकल माक्स र २०० थान साबुन रेडक्रस सोसाईटी उदयपुरका सभापती विनोदकुमार बस्नेत सहितको टोलीलले जिल्ला कारागार उदयपुरलाई हस्ताणतरन गरेको हो । रेडक्रस सभापती बस्नेत, त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरी सहित रेडक्रस उदयपुरका मन्त्री सुभाष श्रेष्ठ लगायतका पदाधिकारीहरुको उपस्तिथीमा सामाग्री हस्ताणतरन गरेको हो । सामाग्री ग्रहण गर्दै कारागार प्रमुख कुमार खड्काले यस्तो विषम परिस्तिथीमा सामाग्री प्राप्त भएको प्रति रेडक्रसलाई धन्यावद ज्ञापन गर्नु भयो । नगर प्रमुख वलदेव चौधरीले महामारीको समयमा सबै सहयोगी निकायहरु एकजुट भएर कम गर्नु पर्नेमा जोड दिनु भयो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणलाई फैलन नदिनको लागि उदयपुरका स्थानिय तहहरुमा निर्माण भएका क्वारेनटाइन तथा हेल्प डेक्सहरुमा रेडक्रसले ठूलो मात्रामा गैरखाद्य सामाग्रीहरु हस्ताणतरन गरेको रेडक्रस सभापती विनोदकुमार बस्नेतले जानकारी दिनु भयो ।
यता कोरना प्रभावित क्षेत्र त्रियुगा नगरपालिका वडा नम्बर ३ मा पनि स्थानियहरुलाई स्वास्थ्य सामाग्री हस्ताणतरन गर्ने तयारी भैरहेको रेडत्रस उदयपुरका मन्त्री सुभाषकुमार श्रेष्ठले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology