शुक्रबार, जेष्ठ १६, २०७७ Friday 29th of May 2020

नवउदयद्धारा उपभोक्तालाई राहात वितरण

७९ पटक हेरिएको

उपहार न्यूज
उदयपुर बैशाख २४
नव उदय सामुदायीक वन उपभोक्ता समुह त्रियुगा नगरपालिका १० उदयपुरले आफ्ना उपभोक्तालाई राहात सामाग्री उपलब्ध गराएको छ । सामुदायीक वनमा आबद्ध विपन्न तीन सय ३० घरधुरीको लागि ३० केजी चामल, दाल, नुन, तेल लगायतका सामाग्री सहितको खाद्यन्न बुधबार बिहान उपलब्ध गराएको हो ।
त्रियुगा नगरपालिका वडा नम्बर १० नयाँबस्ती खसीबजारमा स्थानिय नागरिकहरुमा दैनिकी चलाउनका लागि कष्टकर बन्दै जाँदा त्रियुगा नगरपालिका र त्रियुगा नगरपालिका वडा नम्बर १० को समन्वयमा राहात उपलब्ध गराएको सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष जीवन पाण्डेले जानकारी दिनु भयो । त्रियुगा नगरपालिका प्रमुख वलदेव चौधरी, उप प्रमुख देवीकुमारी चौधरी, त्रिनपा १० का वडाध्यक्ष प्रकास कुमार खड्का, सामुदायीक वन उपभोक्ता महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेत, डिभिजन वन कार्यालय उदयपुरका प्रतिनिधि लगायतको उपस्तिथीमा उपभोक्तालाई राहात सामाग्री उपलब्ध गराईएको हो ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology