शुक्रबार, जेष्ठ १६, २०७७ Friday 29th of May 2020

चौलागाई भए दोस्रो पटक पनि उत्कृष्ट प्रहरी

३०४ पटक हेरिएको

उपहार न्यूज
उदयपुर बैशाख २२
जिल्ला प्रहरी कार्यालय उदयपुरले चैत महिनाको उत्कृष्ट प्रहरी इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरका प्रमुख बुद्धिराम चौलागाई घोषणा गरेको छ । यस अघि इलाका प्रहरी कार्यालय इटहरीमा हुदाँ २०७५ सालमा सुनसरी जिल्ला प्रहरी कार्यालयबाट चौलागाई उत्कृष्ट प्रहरी घोषित भएका थिए ।
विभागिय मुल्य मान्यता, आदेश निर्देशनको पालना गरी ब्यवसायिक, लगनशील र कर्तब्यनिष्ठ तवरले कर्तब्यपथमा तल्लीन रही उच्च मनोवल र साहसकासाथ , अबैध हातहतियार बरामद , लागु औषध नियन्त्रण, जबरजस्तीकरणी, ठगी, चोरी जस्ता अपरराधिक घटनाहरुमा अत्काल आफू स्वयम खटिइ गइ विभागिय अदेश निर्दे्रशनको पालना गरी फरार अपराधीहरुलाइ पक्राउ गरी कानुनी दायरामा ल्याई सुक्ष्म रुपमा अपराध अनुसन्धान गरी सर्वसाधारण नागरीकलाइ सुरक्षाको प्रत्याभुति गराएको भन्दै चौलागाइलाइ उत्कृष्ट प्रहरी घोषण गरीएको बताइएको छ ।
यसैगरी प्रहरी निरीक्षक चौलागाइलाइ प्रदान गरीएको सम्मान पत्र अनुसार चौलागाइले नागरीक समक्ष प्रहरी संगठनको छवि उच्च बनाउने कार्यमा अहम भुमिका निर्वाह गरी जनमानसमा सुरक्षाको अनुभुति अभिबृद्धि गर्ने तर्फ प्रशांसनिय कार्य गर्नुको साथै कोरोना भाईरस नियन्त्रण तथा चेकजाँचको लागी स्थानिय सरोकारवाला निकायहरुसँगको सहकार्यमा बिभिन्न ८ स्थानमा ३१ बेडको क्वारेन्टाईन सेन्टरको स्थापना गरी थर्मल गन तथा ःबल Catch Device को ब्यबस्था गरेको जनताको मन जित्ने कार्य गरेको भन्दै सम्मान गरीएको बताइएको छ ।
यस्तै आफ्नो जिम्मेवार एरिया इलाकाहरुको ११ स्थानहरुमा सिसि टिभी समेत जडान गरी तालुक कार्यालयबाट प्राप्त हुने स्थायी आदेशको अक्षरस पालना गर्दै आफ्नो मातहत रहेका प्रहरी कर्मचारीहरुलाइ सहि तवरबाट परिचालन गराई कुशल नेतृत्वको भुमिका निर्वाह गरी प्रशंसनिय कार्य गरेको हुनाले उत्त कार्यको कदर गर्दैै २०७६ चैत्र महिनाको उत्कृष्ट प्रहरी घोषणा गरीएको बताइएको छ ।
प्रहरी निरीक्षक चौलागाइलाइ जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक बीर बहादुुर बुढा मगरले सम्मान पत्र पदान गर्नुभयो । चौलागाइ यसअघि पनि इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत रहेको समय २०७५ मा सुनसरी जिल्लाको उत्कृष्ट प्रहरी घोषित हुनुभएको थियो । २०७२ सालबाट प्रहरी निरीक्षक पदबाटै राष्टसेवक नेपाल प्रहरीमा लाग्नुभएका चौलागाइले छोटो अवधिमै दुइ जिल्लाबाट उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology