आइतवार, चैत्र १६, २०७६ Sunday 29th of March 2020

तर, पैसा हराउने व्यक्ति नभेटिएपछि..

१४२ पटक हेरिएको

उदयपुर, चैत ६ । उदयपुर सदरमुकाम गाईघाटस्थित हिमालीटोलका व्यापारी बिजु श्रेष्ठ आफ्नै पसलमा व्यस्त थिए । चैत ४ गते बिहान पनि अरु दिनजस्तै सरसफाई गरीरहेको बेला नजिकै टेबुलमा प्लास्टीकको झोला (पोको) देखे । जुन झोला अहिलेसम्म पनि लिन सम्बन्धित व्यक्ति नआएपछि उनै व्यापारी श्रेष्ठले सामाजिक सञ्जालमार्फत पैसा हराउने पीडितसम्म खबर पु¥याउन अपलोड गरेको दुई तस्वीर अहिले ‘भाईरल’ बनेको छ ।

प्लास्टीकको पोको भेटिनु सामान्य विषय हो तर, पोकोभित्र रहेको पैसाले यसको महत्व बढेको छ । अझ इमान्दारितापूर्वक पैसा धनीलाई जिम्मा लगाउन आतुर बिजुको मानवीयतालाई सबैले प्रसंसा गरेका छन् । पसल सफा गर्ने क्रममा प्लास्टीकको पोको देखेपछि फुकाएर हेर्दा एक हजार दरका ८ वटा र पाँच सय दरका ८ वटा गरी जम्मा १२ हजार फेला परेको थियो ।

उनको पसल ‘पवित्रा सेन्टर’को फेसबुक पेजबाट पैसा भेटिएको बारे जानकारी दिदै लेखिएको छ, ‘पैसाको पोको सुरक्षितसाथ राखिएको छ । यदी तपाई कसैको हो भने लिएर जान सक्नुहुनेछ ।’ पैसा भेटिएको बारे सामाजिक सञ्जालबाट सूचना फैल्याएको भएपनि हालसम्म पैसाधनी सम्पर्कमा नआएको बिजुले जानकारी दिए । उनले वास्तविक पैसाधनी भए ९८४२८२९८२४ मा फोन गरेर फिर्ता लिन सकिने बताएका छन् ।

प्रबिधिको बिस्तारित रुप सामाजिक सञ्जालमा बिकृतीजन्य गतिबिधिमात्र बढी भएको गुनासो बढीरहेको बेला फेसबुककै माध्यमबाट बिजुले गरेको यो कार्यले महत्वपूर्ण सन्देश दिएको छ । रकम सानो होस या ठूलो तर, उनको इमान्दारिता भने सिंगो समाजलाई सकारात्मक सन्देश प्रवाह गर्ने गतिलो उदाहरण बनेको छ ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology