आइतवार, चैत्र १६, २०७६ Sunday 29th of March 2020

कोरोना भाईरस रोक्न उदयपुरमा उच्च सतकर्ता अनपनाईने

१७९ पटक हेरिएको

उपहार न्यूज
उदयपुर चैत ३
विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाईरस सम्बन्धी जिल्ला विपद व्यवस्थापन समिति उदयपुरले सरोकारवालाहरुको विचमा परामर्श कार्यशाला सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाईटी उदयपुरको सभा हलमा मंगलबार एक कार्यक्रमका विच कोरोना भाईरस प्रति सतकर्ता अपनाउनका लागि कार्यशाला सम्पन्न गरेको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी उदयपुरका सभापती विनोदकुमार बस्नेतले कोरोना भाईरस संक्रमणको सतकर्ताको लागि रेडक्रसबाट भैरहेको पहलको बिषयमा जानकारी गराउनु भएको थियो । सभापती बस्नेतले जिल्ला स्थित सरोकारवालाहरुलाई सहभागी गराएर पहिलो चरणमा जानकारी गराईएको र अब स्थानिय तह स्तरमा पुगेर थप जनचेतनाको कार्यक्रम संचालन गर्ने बताउनु भएको छ ।
कार्यक्रममा साहयक प्रमुख जिल्ला अधिकारीले प्रदेश नम्बर १ सरकारले कोरोना भाईरसको सतकर्ताको लागि अपनाईएका योजनाको बिषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्काले कोरोना भाईरसको संक्रमणबाट बच्नको लागि जिल्लामा उच्च सतकर्ता अपनाईने बताउनु भयो । उहाँले कोरोना भाईरसको निहुमा कुनै पनि अति आवश्यक सामाग्रीको कृतिम अभाव सृजना गरे कालोबजारी गरे प्रशासन कार्वाहिमा उत्रने समेत बताउनु भयो ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology