आइतवार, चैत्र १६, २०७६ Sunday 29th of March 2020

अन्तराष्टिय श्रमिक महिला दिवशको अबसरमा रक्तदान

८५ पटक हेरिएको

उपहार न्यूज
उदयपुर फागुन २५
समानताको पुस्ता अन्त गरौ हिंसा दुव्र्यवहार र असमानता ११० औ अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अबसरमा उदयपुरमा विविध कार्यक्रम गरी मनाईएको छ । अन्तराष्ट्रि श्रमिक महिला दिवशको अबसरमा नेपाल रेडक्रस सोसाईटी उदयपुरको सहयोगमा महिला अधिकार रक्षक संजाल र नेपाल ट्रेड युनियन महासंघको आयोजनामा रक्तदान कार्यक्रम गरी मनाईएको हो ।


रक्तसंचार केन्द्रमा आयोजित रक्तदान कार्यक्रममा महिला अधिकार रक्षक संजाल उदयपुरकी अध्यक्ष माया भण्डारीले ९९ औ पटक र महिला अधिकारकर्मी सृजना दनुवारले पहिलो पटक रक्तदान गर्नु भएको छ । रक्तदान कार्यक्रममा प्रदेश नम्बर १ प्रदेश सभा सदस्य अम्बिका थापा, प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्का, प्रहरी उपरिक्षक बीर बहादुर बुढामगर, शसस्त्र प्रहरी उपरिक्षक गाहरधन राई, रेडक्रस उदयपुरका मन्त्री सुभाष श्रेष्ठ लगायत महिला अधिकारकर्मी, सुरक्षाकर्मी, पत्रकार तथा सर्वसाधरणहरुको उपस्तिथी रहेको थियो । रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेको रेडक्रस उदयपुरका मन्त्री सुभाष श्रेष्ठले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology