आइतवार, चैत्र १६, २०७६ Sunday 29th of March 2020

गाईघाटमा मनाईयो शेर्पा समुदायको ग्याल्पो ल्होसार

१२९ पटक हेरिएको

उपहार न्यूज
उदयपुर फागुन १७
शेर्पा समुदायहरुको मुख्य चाडको रुपमा लिईने ग्याल्पो ल्होसार उदयपुरमा पनि विविध कार्यक्रम गरी मनाईएको छ । शेर्पा संघ त्रियुगा नगर समितिको आयोजनामा गाईघाटमा एक विशेष समारोहका विच ग्याल्पो ल्होसार पर्व मनाइृएको छ । गाईघाट स्थित होटल टाउन हलमा एक कार्यक्रमका विच शेर्पा समुदायको मुख्य पर्वको रुपमा रहेको ल्होसार शुभकामना अदनप्रदान कार्यक्रमका आयोजना गरी मनाईएको हो ।
शुभकामना आदन प्रदान कार्यक्रममा सहभागी अतिथि बक्ताहरुले मुलुक संघिय संरचनामा अघि बढे पनि नेपालका आदिवासी जनजातीहरुको हक हित र अधिकारको रक्षा हुन नसकेको बताएका थिए । कार्यक्रमका वक्ताहरुले आदिवासी जनजातीहरुलाई राज्य सत्ताबाट अझै पनि उत्पीडन गरीरहेको औल्याएका थिए । कार्यक्रमका नेपाल शेर्पा संघका केन्द्रिय सदस्य पवन नुरी शेर्पा, आदिवासी जनजाती पत्रकार महासंघ फोनिजका केन्द्रिय सदस्य विश्वराज तामाङ, आदिवासी जनजाती महासंघ उदयपुरका अध्यक्ष गौरीशंकर उदास, आदिवासी जनजाती महासंघ त्रियुगा नगर समिति अध्यक्ष भैरव श्रेष्ठ, किरात राई यायोख्याका प्रतिनिधि अरुण राईले शुभकामना मनतव्य राखेका थिए । कार्यक्रममा कलाकारहरुले विभिन्न शेर्पा गीत तथा श्याब्रुङ नृत्य प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology