आइतवार, चैत्र १६, २०७६ Sunday 29th of March 2020

उदयपुरमा ‘साईबर क्राईम’ सम्बन्धी पहिलो उजुरी

१७० पटक हेरिएको

उदयपुर, फागुन १५ । उदयपुरमा साईबर अपराधसम्बन्धी पहिलो उजुरी दर्ता भएको छ । जिल्लाको पूर्वी चौदण्डीगढी नगरपालिका ३ बसाहकी स्थानीय ४५ वषीया मन्जु श्रेष्ट (राई)ले अनुमति बिना आफ्नो र निजी घरको मामिला देखिनेगरी भिडियो सामाजिक सञ्जालमा अपलोड गरिएको भन्दै प्रहरीमा उजुरी गरेकी हुन् ।

गएको माघ २१ गते सोही वडाकी अन्जना राई र केशव राई दाजुबहिनीबीच सामान्य घरझगडा भएको थियो । सो क्रममा भिडियो कैद भएको थियो । दुईजनाबीचको आपस झगडामा आफ्नो घरको बद्नाम गराउन भिडियो अपलोड गरिएको पीडित श्रेष्ठले आरोप लगाएकी छन् । ‘म घरमा बस्दा लगाउने असामान्य पहिरनमा थिए’ पीडित श्रेष्ठले भनिन्, ‘जुन म बाहीर हिड्दा असहज लाग्ने गर्छ ।’ आफूलाई अनुपयुक्त लाग्ने पहिरनमै रहेको बेलाका केही दृष्यहरु समेत फेसबुकमार्फत अपलोड भएकाले आफ्नो निजी घरको बद्नामसँगै व्यक्तिगत चरित्र हत्या गर्न खोजिएको आरोप छ ।

दोस्रो दुवैपक्ष झगडा गरिरहेको समय छुट्याउने क्रममा आफ्नोसमेत भिडियो कैद भएको पीडित श्रेष्ठको भनाई छ । घटना माघ २१ गते भएपनि २६ गते मात्र सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो अपलोड भएको थियो । काठमाडौ बशुन्धरा ठेगाना बताउने विजया दोवाली नामको फेसबुकबाट भिडियो सार्वजनिक भएलगतै प्रमाणसहित सोही दिन इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिन श्रेष्ठ पुगेकी थिइन् ।

  • फेसबुकबाट भिडियो हटाउने सहमतीपछि कुरा मिल्यो-

सप्रमाण उजुरीसँगै इप्रका बेल्टारले अनुसन्धान थालेपनि भिडियो अपलोड गर्ने व्यक्ति कारवाहीको दायरामा आउन सकेनन् । इप्रका बेल्टारसँगै पीडित श्रेष्ठले जिल्ला प्रहरी कार्यालय उदयपुरमा पनि उजुरी दिएका थिए । जिल्लामा उजुरी परेपछि प्रहरीले झगडामा संलग्न अन्जनालाई प्रहरी कार्यालय झिकाएको थियो । जिप्रकामा भएको छलफलको क्रममा बिजया दोवालीको नामबाट अपलोड भएको सो भिडियो डिलेट (हटाउने) सहमति भएपछि एक पटकका लागि माफीसहित ‘केश’ मिलेको हो ।

अन्जना दोवाली नाम गरेको फेसबुकबाट अपलोड भिडियो नहटाइए वा फेरि अपलोड भए व्यक्तिगत गोपनीयताको अधिकार प्रयोजन गर्न साईबर क्राईमको मुद्धा प्रक्रियामा जाने पीडित श्रेष्ठको भनाई छ । यता जिल्ला प्रहरी कार्यालय उदयुरले भने सामाजिक सञ्जाल फेसबुकअन्तर्गतको यो पहिलो घटना भएको जनाएको छ ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology