आइतवार, चैत्र १६, २०७६ Sunday 29th of March 2020

कांग्रेस प्रशिक्षणमा प्रभावशाली नेताहरु गाईघाट आउदै

१२८ पटक हेरिएको

उपहार न्यूज
उदयपुर फागुन ६
नेपाली कांग्रेस उदयपुरको आयोजनामा बुधबारबाट तीन दिने प्रशिक्षण कार्यक्रम गाईघाटमा हुने भएको छ । कांग्रेसको मंसीर ५ गतेको जिल्ला कमिटिको निर्णय अनुसार फागुन ७, ८ र ९ गते गाईघाटमा प्रशिक्षण कार्यक्रमको आयोजना हुन लागेको नेपाली कांग्रेस उदयपुरका पार्टी सभापती विदुर बस्नेतले जानकारी दिनु भयो ।
गाईघाट स्थित होटल टाउन हल पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा जिल्ला स्थित विभिन्न स्थानिय तहमा निर्वाचित जनप्रतिनिधि, पार्टीका स्थानिय नेता तथा अगुवा कार्यकर्ताहरुको बाक्लो उपस्तिथी रहने जनाईएको छ ।
प्रशिक्षण कार्यक्रममा वर्तमान राजनैतिक परिवेश, नेपाली कांग्रेस हिजो आज र भोली तथा कांग्रेसको परिमार्जित विधानको व्यवस्था र भोलिको लागि पूर्व तयारी लगायतका बिषयमा प्रशिक्षण गरिने नेपाली कांग्रेस उदयपुरका नेता बसन्तकुमार बस्नेतले जानकारी दिनु भयो ।
प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु डा. शेखर कोइराला, गुरुराज घिमिरे, प्रदिप पौडेल, बद्रि पाण्डे र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोख्रेल लगायले प्रशिक्षण दिनु हुने कार्यक्रम रहेको जनाईएको छ ।
नेपाली कांग्रेसले यस अघि उदयपुरको बेल्टारमा माघ २४, २५ र २६ गते प्रशिक्षण कार्यक्रम सम्पन्न गरि सकेको छ । नेपाली कांग्रेसको संगठनलाई मजबुद गर्नका लागि प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको नेपाली कांग्रेस उदयपुरले जनाएको छ । कांग्रेस उदयपुरले आगामी चैतमा कटारीमा समेत प्रशिक्षण कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहेको जनाएको छ ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology