आइतवार, चैत्र १६, २०७६ Sunday 29th of March 2020

त्रियुगा नगरपालिका १० को सार्वजनिक सुनुवाई सम्पन्न

११५ पटक हेरिएको

उपहार न्यूज
उदयपुर फागुन ६
त्रियुगा नगरपालिका वडा नम्बर १० को आर्थिक बर्ष २०७६÷०७७ को पहिलो चौमासिक तथा अर्ध बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । त्रियुगा नगरपालिका वडा नम्बर १० स्थित नयाँबस्तीमा मंगलबार एक कार्यक्रमका विच कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडा नम्बर १० ले हाल सम्म संचालित विभिन्न योजना तथा कार्यक्रमको बिषयमा वडाध्यक्ष प्रकास कुमार खड्काले प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्रियुगा नगरपालिका प्रमुख वलदेव चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नगर प्रमुख चौधरीले नगरबासीको माग र आवश्यक्तालाई नगरपालिकाले संबोधन गर्दै अघि बढ्ने बताउनु भएको छ ।
कार्यक्रममा स्थानिय नागरिकहरुले स्थानिय विकास संग संबन्धित विभिन्न जनसरोकारका बिषयहरुमा जिज्ञासा राखेका थिए । वडाध्यक्ष प्रकास कुमार खड्काले स्थानियको मागको आधारमा योजनाहरु छनौट संगै संचालन गरिएको बताउनु भयो, उहाँले आगामी दिनमा पनि स्थानियको आवश्यक्ताको आधारमा योजनाहरु छनौट गरिने बताउनु भयो । कार्यक्रममा गैसस महासंघ प्रदेश नम्बर १ का ईन्चार्ज महेश्वरी राई, गैसस महासंघ उदयपुरका कार्यवहाक अध्यक्ष सुमन परियारले सुशासन, पादर्षिता र जवाफदेहितको लागि सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिईनु पर्नेमा जोड दिएका थिए । राष्ट्र र समाजको लागि योजना र कार्य पानस उदयपुरको सहजीकरणमा आयोजित कार्यक्रममा त्रियुगा नगरपालिका वडा नम्बर १० का विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, उपभोक्ता समितिका प्रतिनिधि, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि लगायतको बाक्लो उपस्तिथी रहेको थियो ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology