आइतवार, चैत्र १६, २०७६ Sunday 29th of March 2020

आईएमई लोकस्टारको बिनोद दनुवारले ल्याए ‘दुईएकान दुई’ (म्यूजिक भिडियो सार्वजनिक)

२१४ पटक हेरिएको

उदयपुर, फागुन ४ ।
चर्चित गायीका अन्जु पन्त र आईएमई लोकस्टारको सेकेन्ड रनरअप बिनोद दनुवारको युगल स्वरबद्ध गीत ‘दुई एकान दुई’को म्यूजिक भिडियो सार्वजकिन भएको छ । बिनोदको गृहजिल्ला उदयपुरको राजाबासमा शनिबार एक कार्यक्रमबीच गीतको दृष्यांकन सामग्री सार्वजनिक गरिएको हो ।

आदिम दनुवार स्मृति प्रतिष्ठानको प्रस्तुतीमा निर्मित म्यूजिक भिडियोमा मोडल आशिष राई र सीता राईको अभिनय रहेको छ । काठमाडौं र भक्तपुरको अधिकांस क्षेत्रमा छायाङ्कन गरीएको भिडियोमा ९राजाबास०का स्थानीय कलाकारहरुका पनि अभिनय रहेको छ । गीतमा सइन्ध्वज दनुवारको शब्द रहेको छ । त्यस्तै गायक बिनोद स्वयंले संगीत भरेका छन् ।

राजधानीस्थित मेलोडी नेपाल स्टुडीयोमा रेकर्ड गरिएको गीत एरेन्ज र मिक्सीङ पुस्कर सुनुवारले गरेका छन् । दुर्गा बान्तवा राईले कैद गरेको दृष्यमा निकेश राईको निर्देशन तथा आशिष राईको कोरियोग्राफी भूमिका देख्न सकिन्छ । म्यूजिक भिडियोको अधिकांस दृष्य ड्रोनबाट पनि किरण रस्काले कैद गरेका छन् भने मनोज राईले सम्पादन गरेका हुन् ।

गीतको भिडियो डिजिटलतर्फ हाईलाईट्स नेपालबाट अपलोड गरिएको छ । हाईलाईट्स च्यानलबाट प्रिमियर लाईभसोको केही घण्टामै ३०औ हजारबढी भ्यूज पाईसकेको गायक बिनोदले जानकारी दिए । राजाबासस्थित स्थानीय दनुवार संग्रहालयमा आयोजित भिडियो सार्वजनिक कार्यक्रममा जनप्रतिनिधि, गैरसरकारी संघसंस्थाका प्रतिनिधि, पत्रकार, कलाकारलगायत स्थानीय सर्वसाधरणको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology